दलित अभियन्ता किसान नेपालीकाे उपचारमा आर्थिक अभाव ३ महिना देखी घरमै थला

दलित अभियन्ता किसान नेपालीकाे उपचारमा आर्थिक अभाव ३ महिना देखी घरमै थला

पुष २९ सल्यान

किसान नेपालीकाे आर्थिक अभावका कारणले उपचारमा हुन नसक्दा बिगत ३ महिना देखी पक्षघातका कारणले  घरमै थला परेका छन।

विज्ञापन

नेपाल तेकवान्दाे संघ सुदुरपश्चिम उपाध्यक्ष  समेत रहेका नेपाली नेपाल दलित मुक्ति अभियानका एक हस्ती हुन।

कञ्चनपुर जिल्ला बेलाैरी वडा न‌ं ३ गाेकुलपुर  निवासी नेपालीकाे अहिले उपचारमा आर्थिक अभाव हुदा ३ महिना देखी घरमै थला परेका छन।

जिबनमा धेरै समय घरपरिवार , पार्टी , शोषणमा परेका पीडित हरूकै लागि आफूलाई समर्पित गर्ने नेपाली  दलित  समुदायको लागि भोको पेट , घामपानी नभनि निरन्तर होम्मिए , कहिल्यै हरेश खाएनान बरु उनिनका कारणले  पछाडि परेका समुदायको हक अधिकार सुनिश्चित भयाे।

तर अहिले उनि आर्थिक अभावका कारण पक्षघात संग लडिरहेका छन। सामाजिक रूपान्तरण तथा जातिय बिभेदका विरुद्ध जहिले पनि हुने खाने संग हैन हुदा खाने संगकाे अन्तर लाइ मध्येनजर गदै संघर्ष गर्ने एक हस्तीका रुपमा काम गरे।

तर विडम्बना जीवनको यो घडीमा आएर आफ्नै परिवार सदस्य होस वा कुनै जिम्मेवार व्यक्तित्वहरू कसैबाट कुनै प्रकारको सहयोग पाउन सकेका छैनान । विगत २ महिनादेखि प्यारालाईसिस का कारण निकै कष्टकर जीवन जिउन बाध्य हुँदै आएका छन । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि उनका नजिकका परिवारजनबाट सन्तोषजनक सहयोग पाउन सकिरहेका छैनन ।

आर्थिक अभावमा उनकाे उपचार समेत हुन नसक्सदा उनमा  स्वस्थ  जटिल समस्या  आएकाे छ।

अझै पनि सामाजिक सवालमा समर्पित हुने उहाँको भनाई रहेको छ तसर्थ उहाँको सिघ्र स्वास्थ्य लाभको हृदय देखि कामना गर्नुहुने महानुभावहरूले सक्दो सहयोग जुटाइदिन हुन विनम्र अनुरोध   गरेका छन।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता