कालिकोटमा डोजर दुर्घटना हुँदा  २ जनाको मृत्यु,३ वेपत्ता

कालिकोटमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु,३ वेपत्ता

२४ मंसिर,कालिकोट ।

जिल्लाको कर्णाली करिडोर अन्तरगत रेगिंल सडकखण्डमा स्काभेटर डोजर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । घटनामा ३ जना वेपत्ता भएका छन भने ३ जना घाईते भएका छन ।

विज्ञापन

फुकोट हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवराज बुढाको मृत्यु भएको छ ।

यस्तै घटनामा सान्नित्रिबेणी १ का उमेश गिरी , सान्नित्रिबेणी १ का रक्तिम बिक र अछाम घरभएका डोजर चालक कमल सोडारी बेपत्ता भएका छन ।
घटनामा रास्कोट नगरपालिका ७ का मिलन शाही, खाडाचक्र ११ बरातुका बिबेक भारती र बिकास भारती घाइते भएका छन ।
घाइतेहरुको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ  । घटनामा बेपत्ता भएकाहरुको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता