विद्यालय कर्मचारीको माग सम्बोधन अर्थ मन्त्रालय सँग पुनः वार्ता हुने

विद्यालय कर्मचारीको माग सम्बोधन अर्थ मन्त्रालय सँग पुनः वार्ता हुने

भदाै १६ काठमाडौं-

सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ ।

विज्ञापन

बुधवार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायब सुब्बा सरह र विद्यालय सहयोगीहरूको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ ।

यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालय सहित वार्ता हुनुपर्ने परिषद्ले अडान लिएपछि शुक्रबार अर्थमन्त्रालय सहित वार्ता हुने परिषदका महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।

उनले भने, ‘हिजोको वार्ता एकदमै सकारात्मक भएको छ । तर शिक्षा मन्त्रालयसँग मात्रै गर्दा विगतको जस्तै हुने डरले गर्दा अर्थमन्त्रालयसँग पनि वार्ता गर्नुपर्छ भनेर भोलि (शुक्रबार) सबै पक्षबीच वार्ता बस्ने तयारी भइरहेको छ ।’

परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेर भदौ १ गतेदेखि आन्दोलन सुरु गरेका थिए ।

विद्यालय कर्मचारीहरुले भदौ १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक विद्यालयहरुमा तालाबन्दी गर्न थालेपछि १३ गते शिक्षा मन्त्रालयले वार्तामा आउन आह्वान गरेको थियो ।

वार्ताका लागि तयार भएपछि विद्यालय बन्द फिर्ता लिएका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता