सल्यानमा बिपद व्यवस्थापन निर्देशिका लागि दुई दिने तालिम सुरु

सल्यानमा बिपद व्यवस्थापन निर्देशिका लागि दुई दिने तालिम सुरु

भाद्र ८ सल्यान

सल्यानमा दुई दिने बिपत ब्यबस्थापन निर्देशिका लागि दुइ दिने तालिम सञ्चालन गरिएकाे छ।

विज्ञापन

जिल्लाको बागचौर नगरपालिकामा विपद जोखिम व्यवस्थापन स्थानीय निर्देशिका लागि दुई दिने तालिम सञ्चालन गरिएकाे हाे ।

IOM संयुक्त राष्ट्रसंघीय आप्रवासन संगठन, USAID, NSET, नेपाल नगरपालिका महासंघ, गाउँपालिका महासंघको आयोजनामा स्थानीय सरकारहरुको क्षमता अभिवृद्धिका लागि बिपत ब्यबस्थापन निर्देशिका लागि दुइ दिने तालिम बागचाैर नगरपालिकाकाे केन्द्र बागचाैरमा सञ्चालन गरिएकाे हाे।

दुइ दिन सम्म सञ्चालन हुने तालिमको बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले उद्घाटन गरेका हुन।

दुइ दिन सम्म सञ्चालन हुने तालिममा स्थानिय तहमा बिपतपुर्वतयारी गर्न तथा बिपद व्यवस्थापनका कार्ययाेजना निर्माण गरी बिपदकाे पहिचानमा सहजता ल्याउने उदेश्यले तालिम सञ्चालन गरिएकाे हाे ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा नेपालमा भएका विपद परिदृश्य, विपद् जोखिम व्यवस्थापनमा भएका प्रयास र राेकथाम र पुर्वतयारी लागि के के भएका छन भन्ने विषयमा समग्र विपद् सम्बन्धी कृष्णा कुमारी वाग्ले र शारदा नगरपालिका सल्यानका स्वास्थ्य प्रमुख विरेन्द्र हमालले प्रशिक्षण दिने बताइएको छ ।

तालिमबाट विपतकाे पहिचान गरी विपद् तथा जलवायु उत्थान शील योजना तर्जुमा निर्माण गर्ने, अगुवा संस्थाको पहिचान र जिम्मेवारी प्रदान, प्राथमिक उपचार तालिम, पर्तानजिक तालिम, पालिका स्तरीय खोज तथा उद्धार बिषयमा याेजना निर्माण गरी निर्देशिका निर्माणमा सहयाेग गर्न बृहत् छलफल गरिने प्रशिक्षक कृष्णा कुमारी वाग्लेले बताइन।

कार्यक्रममा बागचौर नगरपालिका नगर उप-प्रमुख सुम्निमा डि.सी. वली, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, १२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका शाखा प्रमुख लगायत पत्रकारको सहभागीता रहने छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता