म खाेज्दै छु…….=======
श्रावन १६ सल्यान
म खोज्दैछु
फेरि यहाँ
उडेर जुन छुने
गर्विलो उडान
जसलाई उसले
दोबाटोमा छोडेर
गएको थियो ।। १ ।।
म खोज्दैछु
फेरि यहाँ
गनेर तारा टिप्ने
दर्विलो अभियान
जसलाई उसले
दोबाटोमा खसाएर
गएको थियो ।। २ ।।
म खोज्दैछु
फेरि यहाँ
हिडेर सपना चुम्ने
विस्वासीलो यात्रा
जसलाई उसले
घात गरेर
गएको थियो ।। ३ ।।
म खोज्दैछु
फेरि यहाँ
हराएर
स्वाभिमानको यात्रा
जसलाई उसले
अवरुद्ध बनाएर
गएको थियो ।। ४ ।।
म खोज्दैछु
फेरि यहाँ
संकल्पका
उद्दाम
सपनाहरू
जसलाई उसले
हाट बजारमा
लिलाम गरेर
बेचेको थियो ।। ५ ।।
०७९ श्रावण १६, रूकुम पश्चिम ।।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा