लुम्बिनीको बाँकेमा विभिन्न हातहतियार सहित ३ जना पक्राउ
- epratibimba .com
- २०७८ फाल्गुन १९
- 156 views
१८फाल्गुण २०७८
प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट विभिन्न हातहतियार सहित तीन जनालाई फत्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।
उनीहरुको साथबाट मेड इन यूएसए लेखेको एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, ९ राउण्ड गोली, एक थान खुडा र दुई थान नोक बरामद गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा हातहतियार सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
- तीन दिने क्षमता विकास तालिम सम्पन्न
- सहिद भुजेलको २२ औं स्मृति सभा सम्पन्न
- दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु
- लुम्बिनी भिजनको प्रथम भलिबल प्रतियोगिता सम्पन्न : फाईनल खेलमा शहिद स्मृति क्लब बुटवल विजयी
- सहिद बेपत्ता तथा घाइते, अपाङ्ग परिवारलाई बुटवलमा क्षमता विकास सम्बन्धि ३ दिने तालिम शुरु
- सहिदहरु प्रति उच्च सम्मान प्रकट पश्चात मन्त्री परियारले गरे पदभार ग्रहण
- कर्णाली प्रदेश सरकारको मन्त्री बने रनसिंह परियार
- बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु
- बुटवलले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र
-
नेपालका प्रेमकुमार दर्नाललाई स्वर्ण पदक
२०७८ श्रावण १९ -
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्