लुम्बिनीको बाँकेमा विभिन्न हातहतियार सहित ३ जना पक्राउ
- epratibimba .com
- २०७८ फाल्गुन १९
- 293 views
१८फाल्गुण २०७८
प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट विभिन्न हातहतियार सहित तीन जनालाई फत्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।
उनीहरुको साथबाट मेड इन यूएसए लेखेको एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, ९ राउण्ड गोली, एक थान खुडा र दुई थान नोक बरामद गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा हातहतियार सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
- समयमै घटना दर्ता नहुंदा राज्यको सेवा सुविधाबाट बञ्चित हुदै दलित समुदायका नागरिकहरु
- संघीयता कार्यान्वयनको सात बर्ष: सीमान्तकृत समुदायको सवालमा लुम्बिनी सरकार मौन
- आठौ राष्ट्रपति रनिङ शिल्ड सैनामैनाको उपाधी पशुपति मा.वि.ले उचाल्यो
- माओवादी केन्द्र बुटवलले मनायो माओ जन्मजयन्ती
- इडन मा. वि. नहरपुरमा विधार्थी स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
- बुटवलमा औद्योगिक व्यापार मेला शुरु : ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह
- बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा, १६ दिनमा १५ करोड बढीको कारोवार हुने अनुमान
- एवाईसी क्विज च्याम्प सिजन टु को उपाधि सुनगाभा स्कूललाई
- जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी खुकुरी क्लबलाई
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्