राहत सामाग्री लिएर बिकट गाउमा पुगे युवा नेता नागरी

राहत सामाग्री लिएर बिकट गाउमा पुगे युवा नेता नागरी

पुष ७कञ्चनपुर

भुइमान्छेको पिडामा मलम लगाउन युवा नेता खडक नागरी  बिटक गाउमा पुगेका छन।

विज्ञापन

सुदुरपश्चिमको बैतडमा राहत सामाग्री बितरण गरी युवा नेता नागरी राहत सामाग्री लिएर  बेलडाँडीको बिकट गाउमा पुगेका हुन।

युवा नेता नगरी पहल तथा Tzu Chi) Foundation सहयोगमा कञ्चनपुर बेलडाडीका ४० घर परिवारलाइ  खाध्यन्न सामाग्री वितरण गरिएको हो।

नेपाल परिवार दलका युवा नेता खडक नागरीको पहल तथा युवा नेता प्रेम परियार र वीर बहादुर रावलको  ब्यबस्थापनमा कंचनपुर वेलडाडी वडा न ३ मा ४० परिवार लाइ प्रति घर परिवार २५ केजि चामाल १० केजि ज्ञान आटा मसुरको दाल, चिनि, चना ,तेल,नुन,४ पिस साबुन राहत वितरण गरियो हो।

विकट ठाउँमा राहत लिएर पुगेका नेता खडक नागरीलाइ स्थानिय बासिन्दाले धन्यवाद दिनुका साथै  यस क्षेत्रबाट सबै स्थानीयले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

कोरोना भाइरस बाट सिथिल भएका भुइमान्छेको साहारा बनेका युवा नेता नागरीलाइ स्थानियले थप राहतका कार्यक्रम पहल गरिदिन अनुरोध गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता