दलित समुदायका पण्डित लक्ष्मण रम्तेल दलित आयाेगद्धारा  सम्मानित

दलित समुदायका पण्डित लक्ष्मण रम्तेल दलित आयाेगद्धारा सम्मानित

गोदामचौरमा पण्डित दिनबन्धु पोख्रेलले एक विशेष कार्यक्रमका बिच दलित समुदायका सोही गाउँ निवासी लक्ष्मण रम्तेललाई गणेश मन्दिरको मुख्य पुजारी नियुक्त गरेका रम्तेललाई राष्ट्रिय दलित आयोगबाट सम्मानित भएका छन ।

आयोगका अध्यक्ष देवराज विश्वकर्मा र पण्डित दिनबन्धु पोखरेलले एक कार्यक्रममा खादा दोसल्लासहित उनलाई सम्मान गरेका हुन।

विज्ञापन

सामाजिक सञ्जालमा कतै आलोचना , कतै प्रशंसा भइरहेकै बेला राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा सहित आयोगका पदाधिकारी गोदावरी , गोदामचौरमा गएर समान गरेका छन्  ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले समाजमा रहेका विभेद विरुद्ध विभिन्न सामाजिक सङ्घ संस्था सँग सहकार्य गर्ने भन्दै दलितको मात्र समस्या होइन, यो गैर दलितको पनि  समस्या हो र यो समस्या हल गर्न गैर दलित आफै लाग्नु पर्ने बताउँदै , धार्मिक सुधारको लागि दिनबन्धु पोख्रेलले जुन कदम चाल्नु भयो यो सराहनीय भएको बताउँदै आयोगले समान गरेको बताए ।

पुजारी रम्तेलसँगै पण्डित दिन बन्धु पोख्रेल , समाजसेवी अर्जुन रानालाई आयोगले दोसल्ला ओढाइ समान पत्रले समान गरेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता