वैज्ञानिक र तर्कसंगत उत्तर खोज्ने हो भने बल्ल नेपाल बन्छ”

वैज्ञानिक र तर्कसंगत उत्तर खोज्ने हो भने बल्ल नेपाल बन्छ”

चैत्र १६   डम्बर महर सल्यान

उच्चशिक्षा हासिल गर्न विदेश गएको नेपाली विद्यार्थीले ६ महिनामा गाडी किन्न सक्ने हुन्छ ।

विज्ञापन

दुई वर्षमा फ्ल्याट किन्न सक्ने हुन्छ ।विवाहितको हकमा श्रीमती श्रीमान् लाई लैजान्छ । ३ वर्षमा बुवा आमा बोलाउँछ । तिन वर्षमै चमत्कारीक ढङ्गबाट भविष्य सुरक्षित गर्न भ्याउँछ ।

बिचरा त्यहाँ न बा को पैतृक सम्पत्ति थियो, न मामाघर थियो, न त ससुराली नै थियो । त्यो देश न उसको जन्मभूमि हो न त्यहाँको नागरिक नै । सबै पराई भएर पनि सबै सम्भव भयो । कसरी ? यसको वैज्ञानिक र तर्कसँग उत्तर खोज्ने हो भने बल्ल नेपाल बन्छ ।

उता काम गर्न सक्ने युवा उमेरलाई सम्पत्ति मानिने भएर होला, काम गर्ने इच्छा शक्ति र श्रमशक्तिलाई सम्पत्ति मान्ने भएर त होला (आम्दानी कर तिरेका ) पार्ट टाईम, प्राइभेट नोकरीको आम्दानीलाई आधार बनाएर बैंक मार्फत लगानी र व्यवस्थापन गर्ने विधिका कारण नागरिकले आफ्नो भविष्य सुरक्षित भएको महसुस गर्न पाउँछन् ।

तर यहाँ न काम गर्ने उमेर सम्पत्ति बन्यो, न काम गर्ने इच्छा शक्ति सम्पत्ति बन्यो, न श्रम सम्पत्ति बन्न सक्यो । सम्पत्तिको परिभाषा र नीति केवल जग्गाजमिन हो भन्ने बनाइयो ।

जसरी पनि जग्गाजमिन आफ्नो नाममा बनाउनुपर्छ भन्ने नीति र चिन्तनले सुकुमबासी समस्या घटेन बरु सुकुमबासीका नाममा हुकुम बासी समस्या थपियो । उद्यम,उत्पादन,इलम कहिल्यै प्राथमिकतामा परेन। यसैको उपज श्रम अपमानित भयो, काम गर्न चाहने जनशक्ति खेर गयो, काम गर्ने इच्छा मर्यो, उसको सपना मर्‍यो ।

उत्पादन भएन आयात बढ्यो, उद्योग चलेन व्यापार सकियो, रोजगारी मर्‍यो बेरोजगारी बढ्यो आम्दानी मर्‍यो ऋण बढ्यो । त्यसैले सम्पत्तिको परिभाषा र नीति फेर्नुपर्छ ।

मरेको सपना ब्यूँताउने हो भने काम गर्ने उमेर, काम गर्ने इच्छा शक्ति, काम गर्ने नवीन सोच र योग्यतालाई सम्पत्तिको परिभाषा भित्र छिराएर लगानी गर्न सक्नुपर्छ अन्यथा गरिब गरिब नै हुनेछन् धनी पनि गरिब हुनेछन् ………

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता