ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
उधौली पर्व र योमरी पुर्णिमाकाे अवसरमा भोलि सार्वजनिक विदा

उधौली पर्व र योमरी पुर्णिमाकाे अवसरमा भोलि सार्वजनिक विदा

मंसिर २१ सल्यान

उँधौली पर्व र यःमरि पुर्णिमाको अवसरमा सरकारले यसअघि नै भोलि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

विज्ञापन

उँधौली पर्व नेपाल साथै संसारभर छरिएर बसोबास गर्ने भुमिपुत्र मूलवासी किराँत समुदायले विशेषतः सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान् चाड हो ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उँधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

यसैगरी यःमरि पुन्हि नेवार समुदायले मनाउने पर्व हो । यो दिन विशेष प्रकारको परिकार( यःमरि) बनाएर खाने गर्दछन् । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता