ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
मायादेवी मन्दिरको जिर्णोद्धारका लागि नवनियुक्त उपाध्यक्ष डा. लामाद्धारा ७ करोड सहयोग गर्ने प्रतिवद्धता

मायादेवी मन्दिरको जिर्णोद्धारका लागि नवनियुक्त उपाध्यक्ष डा. लामाद्धारा ७ करोड सहयोग गर्ने प्रतिवद्धता

बुटवल – भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर जीर्णोद्धारका लागि नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले ७ करोड रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

कोषको शुक्रबार बसेको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवि मन्दिरमा आएका विविध समस्याहरु समाधान गर्नका लागि नेपाल सरकारको सहयोग विना दाताहरुको सहयोगमा कोष स्थापना गर्ने गरि कार्यकारिणी वा परिषद बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

विज्ञापन

मन्दिरको जीर्णोद्धारका लागि शुरुवाती शुरुवाती कोष स्थापनाका लागि नवनियुक्त उपाध्यक्ष लामाले ७ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।उपाध्यक्ष डा. लामाले विश्वका बौद्धमार्गीहरुको आस्थाको धरोहर बुद्धजन्मस्थल लुम्बिनी रहेको र मायादेवी मन्दिर त्यसको इतिहास भएकाले यसको संरक्षणका लागि जिर्णोद्धार गर्न प्रस्ताव राखेका थिए ।

उपाध्यक्ष लामाको प्रस्तावबमोजिम कोषको कार्यकारी वा परिषद बैठकले सो प्रस्ताव अर्को बैठकमा पेश गरी स्वीकृत भएपछि मायादेवी मन्दिर जीर्णोद्धार कोष खडा गर्ने निर्णय भएको छ । मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने र त्यहाँका पुरातात्विक संरचना नष्ट हुने जोखिम रहेकाले जीर्णोद्धार गर्ने गरी प्रस्ताव गरिएको उपाध्यक्ष लामाले बताए ।

नवनियुक्त उपाध्यक्ष लामाले विहिबार पदभारग्रहण गरेका थिए ।