विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपाल मा छ भन्ने सन्देश दिने दिन चैत्र  १२ गते हाेः मन्त्री शर्मा

विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपाल मा छ भन्ने सन्देश दिने दिन चैत्र १२ गते हाेः मन्त्री शर्मा

 

विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ।

विज्ञापन

विश्वकाे अग्लाे स्थानमा काली मार्सी धान फलाउने देश नेपाल भएको सन्देश दिन प्रत्येक वर्ष चैत १२ गते जुम्लाका किसानले कालीमार्सी धानकाे बीउ भिजाउने दिनलाई कर्णाली प्रदेश सरकारले धान दिवसको स्वामित्व लिएकाेले मन्त्री शर्माले धान दिवसको शुभकामना दिदै विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको बताउनु भएको हाे।

अाजकाे दिन धानकाे बीउ भिजाउने दिन कर्णालीका किसानहरुकाे महत्त्वपूर्ण दिन भएको स्मरण गर्द‌ै मन्त्री शर्माले
कर्णालीका ४० पर्यटकिय गन्तव्यभित्र सुचिकृत भएको,विश्वकै अग्लो स्थानमा काली मार्सीधान उत्पादन हुने छुमज्युलो धानखेती हुने क्षेत्रका रुपमा गिनिज बुकमा समेत रेडर्क कायम भएकोले
बिश्वकाे एकमात्रै  ठाउमा समुन्द्री सतह देखि झण्डै २ हजार ८ सय ९० मिटर उचाईमा धान फल्ने  जुम्लाको पातारासी गाउपालिका वडा नं ३ छुमचाैरलाई कृषि पर्यटकीय क्षेत्रकाे रुपमा बिकास गर्न प्रदेश सरकारले अावश्यक नीति तथा कार्यक्रम तय गर्ने गरेकाे बताउनु भयो ।

कालीमार्सी धान कम उत्पादन हुने तर मूल्यवान हुने भएकोले कर्णालीका ५ जिल्ला जुम्ला, हुम्ला, कालिकोट,डाेल्पा,मुगुमा रैथाने वालीकाे रुपमा काली मार्सीधान खेती गर्ने गरेकाे मन्त्री शर्माले जानकारी दिनुभयो ।

कर्णालीकाे दुःखका रुपमा राेग भाेक, अशिक्षा र बेरोजगार रहेको जीकीर गर्दै बहुमुल्य मार्सीधान खेती बिकास गरी भाेकमारी, कुपोषण ,र गरिबी हटाउन कर्णालीका ५ जिल्लामा मार्सीधान खेती बिकास प्रवर्द्धन संरक्षण बजार बजारीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।