विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपाल मा छ भन्ने सन्देश दिने दिन चैत्र १२ गते हाेः मन्त्री शर्मा
- ई प्रतिबिम्ब
- २०८० चैत्र १२
- 732 views
विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ।
विश्वकाे अग्लाे स्थानमा काली मार्सी धान फलाउने देश नेपाल भएको सन्देश दिन प्रत्येक वर्ष चैत १२ गते जुम्लाका किसानले कालीमार्सी धानकाे बीउ भिजाउने दिनलाई कर्णाली प्रदेश सरकारले धान दिवसको स्वामित्व लिएकाेले मन्त्री शर्माले धान दिवसको शुभकामना दिदै विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको बताउनु भएको हाे।
अाजकाे दिन धानकाे बीउ भिजाउने दिन कर्णालीका किसानहरुकाे महत्त्वपूर्ण दिन भएको स्मरण गर्दै मन्त्री शर्माले
कर्णालीका ४० पर्यटकिय गन्तव्यभित्र सुचिकृत भएको,विश्वकै अग्लो स्थानमा काली मार्सीधान उत्पादन हुने छुमज्युलो धानखेती हुने क्षेत्रका रुपमा गिनिज बुकमा समेत रेडर्क कायम भएकोले
बिश्वकाे एकमात्रै ठाउमा समुन्द्री सतह देखि झण्डै २ हजार ८ सय ९० मिटर उचाईमा धान फल्ने जुम्लाको पातारासी गाउपालिका वडा नं ३ छुमचाैरलाई कृषि पर्यटकीय क्षेत्रकाे रुपमा बिकास गर्न प्रदेश सरकारले अावश्यक नीति तथा कार्यक्रम तय गर्ने गरेकाे बताउनु भयो ।
कालीमार्सी धान कम उत्पादन हुने तर मूल्यवान हुने भएकोले कर्णालीका ५ जिल्ला जुम्ला, हुम्ला, कालिकोट,डाेल्पा,मुगुमा रैथाने वालीकाे रुपमा काली मार्सीधान खेती गर्ने गरेकाे मन्त्री शर्माले जानकारी दिनुभयो ।
कर्णालीकाे दुःखका रुपमा राेग भाेक, अशिक्षा र बेरोजगार रहेको जीकीर गर्दै बहुमुल्य मार्सीधान खेती बिकास गरी भाेकमारी, कुपोषण ,र गरिबी हटाउन कर्णालीका ५ जिल्लामा मार्सीधान खेती बिकास प्रवर्द्धन संरक्षण बजार बजारीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्