माओबादी केन्द्र सल्यानको बैठक इन्चार्ज यादव द्वारा उद्घाटन

माओबादी केन्द्र सल्यानको बैठक इन्चार्ज यादव द्वारा उद्घाटन

भदौ ७ सल्यान

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र जिल्ला समन्वय समिति सल्यानको बैठक पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले उद्धद्घाटन गर्नु भएको छ।

विज्ञापन

मा‌‌ओबादी कन्द्र जिल्ला समन्वय समित सल्यानको आयोजनामा आयोजना गरिएको ३ महिने बिशेष अभियानको पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले उद्धद्घाटन गर्नु भएको हो।

जन जनमा माओबादी जनता संग माओबादी बिशेष रुपान्तर अभियानलाइ जनता माझ लिन र जनता संग नेता कार्यकर्ताको सहकार्यबाट  पार्टी निर्माणमा लाग्ने उदेश्यले बैठक आयोजना गरिएको हो।

माओबादी केन्द्रले ३ महिने बिशेष अभियान अन्तर्गत  इन्चार्जको रुपमा जुम्लाबाट नरेश भण्डारीलाइ सल्यानको इन्चार्जको जिम्मेवारी तोकिए पछि यो पहिलो बैठक आयोजना गरिएको छ।

बैठकमा माओबादी केन्द्रका केन्द्रीय सदस्यहरु महेन्द्र बहादुर शाही,  किर्ति बहादुर पुन  उमाकान्त शर्मा,  माया प्रसाद शर्मा, टिका बुढाथोकी, लक्ष्मी पुन,  ज्ञान बहादुर वली सहितका नेता हरुको उपस्थिति रहेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता