माओबादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा रुकुम पूर्वबाट निर्वाचित काे हुन पुर्ण घर्ती

माओबादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा रुकुम पूर्वबाट निर्वाचित काे हुन पुर्ण घर्ती

मंसिर ७ रुकुम पूर्व  विक्रम परियार

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुली बाट विजयी सुरुवात गरे लगतै प्रतिनिधी सभामा रुकुम पुर्वबाट गठबन्धनका साझा उमेदवार पुर्ण बहादुर घर्ति मगर विजयी भएका छन।

विज्ञापन

संयाेगबस माओबादी आन्दाेलन सुरुवाती चरण पनि सिन्धुलीकाे सिन्धुलीगढी र रुकुमकाे रुकमकाेटबाट एकै दिन २०५२ साल फाल्गुन १ गते प्रहरी चाैकी आक्रमण गरी जनयुद्ध घाेषणा गरिएकाे थियाे।

उनि जनयुद्धकाे कुशल कमान्डरका रुपमा  रहेका पुर्ण बहादुर घर्ती  लुम्बिनी प्रदेश सभाकाे  निवर्तमान  सभामुख समेत हुन।

माओबादी आन्दाेलन लाइ शान्ती पुर्ण तरिकाले बिश्राम गरेका माओबादी पाटी संसदीय निर्वाचनमा २०६४ सालमा २२० सिट जित्दै पहिलाे ठुलो दल भयाे।

तर आज २०६४ सालकाे  पहिलाे  माओबादी पार्टी   २०७० सालबाट  तेस्राे दलमा खुम्चिन बाध्य छ। नेपाली सर्वहारा श्रमजीवी जनताका भाग्य र भविष्य निर्माणकाे दस्तावेज २०७२ सालकाे संबिधान माओबादी आन्दाेलनबाट नै प्राप्त दस्तावेज हाे।

यसैकाे रक्षा र प्रतिगमनकारीलाइ प्ररास्थ गर्न ५ राजनितिक दलकाे गठबन्धनले देशका धेरै क्षेत्रमा जित हात पारेकाे छ।

जनयुद्धका कुशल कमान्डर पुर्ण बहादुर घर्ती मगरले  प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट माओबादी केन्द्रकाे तर्फबाट दोस्राे विजयी सुरुवात गरेका छन।

मगरले १२ हजार २ सय ६२ मत ल्याउदा उनका प्रतिद्धन्दी  नेकपा एमालेका उमेदवार  कैलाश कुमार  मल्लले ५ हजार २सय ११ मत ल्याएका छन।

काे हुन पुर्ण बहादुर घर्ती मगर संक्षिप्त चिनारी

ठेगानाः  भूमे गाउपालिका ९ चुनवाङ रुकुम पुर्व

जन्मस्थान :रुकुम पूर्व

बाबु :वीरबहादुर घर्तीमगर

आमा : जयकली घर्तीमगर ।

पारिवारिक विवरण :श्रीमती सीता आचार्य र छोरी लिचुन घर्तीमगर ।

शिक्षा :स्नातक

राजनीतिक आबद्धता

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता