राउटे बस्तीमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा  सामाग्री हस्तान्तरण

राउटे बस्तीमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा सामाग्री हस्तान्तरण

इन्द्र बुढाथोकी असोज १ सल्यान 

सीमान्तकृत लोपोन्मुख राउटे बस्तीमा सामग्री हस्तान्तरण गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको पहलमा लन्डन बस्ने पर्वतका रवीन्द्र जङ्ग लामिछाने रविको आर्थिक सहयोगमा सामाग्री हस्तान्तरण गरिएको छ । 

विज्ञापन

 राउटे बस्तीमा आटा ५० पाकेट, त्रिपाल ७५ थान, म्याट्रीस ७५ थान, पि फम ७५ थान, चप्पल १२५ जोडा, साबुन लुगा धुने ५ काटुन्, साबुन नुहाउने १२ दर्जन गरेर ४ लाख बराबरको सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।  सामान हस्तान्तरण गर्दै अध्यक्ष तिमिल्सिनाले विभिन्न दाताहरूले सहयोग गर्दै आएको आफूले राउटे समुदायको लागि सधैँ राज्यका नीति निर्माण तहमा लागि रहने समेत बताए । उनले भने  सामाग्री सही ठाउँमा प्रयोग भयो वा भएन त्यसको सम्बन्धित सबैलाई ध्यानाकर्षण गर्नु पर्ने समेत बताए ।  सामान आउने तर सही ठाउँमा सदुपयोग नभएको देखिएको गुनासो गरे । 

उहाँहरूको जीवन स्तर बिस्तारै परिवर्तन गरेर लैजानका लागि समेत सबैलाई आग्रह गरे । निस्स्वार्थ रुपमा लाग्ने र कुलत बाट बच्चाउन सबैले सहयोग गर्न चेतना परिवर्तन गर्नु पर्ने र संरक्षण गर्नु पर्ने उनको भनाई छ । अधिकास सामाग्री बेचेर खाने गरेको त्यसलाई रोक्न अनुरोध गर्दै  जुन स्थानीय तहमा आउँछन त्यही स्थानीय तह देखि विभिन्न सङ्घ सन्थाले बालबालिकाको हेरचाह स्वास्थ्य शिक्षा लगायत रहन सहनमा सबैले ध्यान दिनु पर्ने बताए  । 

राउटे लोप उन्मुख प्रतिष्ठान उत्थान संरक्षणकी अध्यक्ष सत्यदेवी अधिकारीले  विगत १८ वर्ष देखि निरन्तर सेवामूलक राउटेहरूको संरक्षणमा काम गर्दै र पुलको रुपमा सहजीकरण गरिरहेको जनाइन । राउटे समुदायको उत्थान र संरक्षणमा  अतुलिनिय भूमिका रहेको छ ।  

नेपालका विभिन्न ठाउँमा समस्या भएकाहरूलाई रविन्द्रले सहयोग गर्दै आउनु भएको उहाँका भान्ज वीरेन्द्र केसीले बताए । लामिछानेले यस्ता सामाजिक काम गर्दै आएको र राउटे बस्तीमा समस्या देखि पछि अध्यक्ष तिमिल्सिनाको पहलमा उक्त सामाग्री आएको छ ।  केसीका अनुसार स्वास्थ्य, शिक्षा लगायत आधारभूत आवश्यकताको क्षेत्रमा सहयोग हुँदै आइरहेको छ । 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता