लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले  मनायाे हाेली पर्व

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले  मनायाे हाेली पर्व

 

बुटवल – लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले रङहरुकाे पर्व होली मिलन कार्यक्रम आयोजना गरेको छ । संघले आईतवार भैरहवामा एक कार्यक्रम आयोजना गरी होली मिलान तथा शभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

विज्ञापन

संघले अन्य बर्षहरुमा जस्तै यस वर्ष पनि संस्थामा आवद्ध सबै सदस्य र बुटवल शाखाका सदस्यहरु बिच होलीको कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गरी हाेली पर्व मनाएका हुन ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि निर्माण व्यवसायी महासंघका प्रदेश उपाध्यक्ष नवराज श्रेष्ठले निर्वाचन देखी बिगतका दिनहरुमा भएका तितापिर कुराहरुलाई भुल्दै हामी एउटै गाेरेटाे निर्माण गरी आत्मियता बढ्उदै अगाडि बढ्नु पर्ने कुरामा जाेड दिदै । सबै व्यवसायीहरु व्यवसायी हक हितका निमित्त सधै सहकार्य गरि अगाडि बढ्न शुभकामना दिए । उनले भने निर्माणकाे क्षेत्रमा पछिल्लाे समय निकै चुनाैति बढिरहेकाे छ यसलाई समाधान गर्ने पनी हामी एउटै गाेरेटाेमा हिड्न जरुरी छ । लुम्बिनी प्रदेश अन्य प्रदेश र जिल्ला भन्दा सर्वउत्कृष्ट जिल्ला प्रदेश बनाउन पनि हामी सबै हातेमालाे गरेर पहल गर्नु पर्छ उनले भने ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मन्जु भुसालले होलीको पौराणिक र सांस्कृतिक पक्षलाई उल्लेख गर्दै यसलाई विकृतिरहित बनाउनुपर्नेमा बिषयमा जाेड दिईन । हामीले मनाउदै आएकाे हाेली जस्ता पर्वले समाजकाे मौलिक परम्परा र संस्कृतिलाई संरक्षण गर्नु हाम्राे कर्तव्य र दायित्व पनि भएकाे बताउँदै यस्ता पर्वहरु हामी बिच सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्न अभिप्रेरित गर्छन । पछिल्लाे समय हरेका व्यवसायीकाे क्षेत्रमा आर्थिक मन्दिले चलाएमान हुन नसकेकाे अबस्थामालाई पनस मध्यनजर गरी हामी हाम्रो संस्कृतिका असल पक्षहरूलाई प्रवर्धन गर्न पर्वहरूलाई मितव्ययी र विकृतिरहित बनाउन जरुरी रहेकाे उल्लेख गरिन ।

रङहरुकाे पर्व हाेली एक–आपसमा रंगहरु दलेर आत्मियता र भाईचाराकाे विकास सगैँ उत्सवकाे रुपमा मनाइएको थियो । होली अन्य परम्परा र संस्कृतिलाई संरक्षण गर्ने उदेश्यले ब्यवसायीहरु बिचमा होलिमिलन कार्यक्रम गरिदै आएको कार्यक्रम संयोजक रमेश बेलबासेले बताए ।

कार्यक्रममा निर्माण व्यवसायी संघ रुपन्देही र बुटवल शाखाका पदाधिकारी सदस्यहरु लगायता प्रदेशका प्रतिनिधिहरु सल्लाहकारहरुकाे उपस्थित रहेकाे थियाे भने उपस्थित सबैले एक आपसमा रङहरु लगाएर हाेलीकाे रङ जस्तै प्रगाढ हाेस आत्मियता ,भाईचाराकाे सम्बन्ध सगै समाजिक सद्भाव कायमहाेस भन्दै एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।