गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्नेछु : मन्त्रि तामाङ

गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्नेछु : मन्त्रि तामाङ

 

बुटवल – राणा शासनको विरुद्ध लड्दा मृत्युवरण गरेका सहिद शुकदेव गुरुङलाई सरकारले राष्ट्रिय सहिद घोषणा गर्न आनाकानी गरेको भन्दै राष्ट्रिय सहिद घोषणा गर्न बिभिन्न राजनीतिक दलहरुले संयुक्त रुपमा माग गरेका छन् । भैरहवाको बम्रेली चोकलाई शहिद चोक घोषणा र शुकदेव गुरुङ राष्ट्रिय शहीद घोषणाको लागि राष्ट्रिय जागरण अभियान द्धारा सर्वपक्षीय सर्वदलीय १४७ औँ स्मृति सभाको अबसरमा सरकार समक्ष राष्ट्रिय सहिद घोषणाको माग गरेका छन ।

विज्ञापन

सहिद शुकदेव गुरुङ राष्ट्रिय कार्यदल, आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश, तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको संयुक्त आयोजनामा रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै संघिय सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले सहिदहरुको बलिदान प्रति सधै उच्च सम्मान गरिएकाले त्यो बेलाको तथ्य र प्रमाण हेरी सबै कागजात मिलाएर राष्ट्रिय शहिद घोषणाको बिषयलाई मन्त्री परिषदमा लैजाने र प्रधानमन्त्री समक्ष पनि प्रस्ताव गर्ने बताए ।विभिन्न आन्दोलनका बेला देश र जनाताको पक्षमा वकालत गर्दा सहादत प्राप्त गर्नेहरु सबैलाई सरकारले सहिद घोषणा गर्ने योजनामा भएता पनि कहिले काहि आवश्यक कागजात पुर्याउन नसक्दा सहिद घोषणा गर्नबाट छुटेको हुन सक्ने भन्दै त्यसको लागी हामी कागजात बलियो बनाएर सरकारलाई निरन्तर दवाव सृजना गर्नुपर्ने सुझाव दिए ।शहिद शुकदेव गुरुङलाई राष्ट्रिय सहिद घोषण गर्ने बिषयमा राज्यले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनतहबाट पनि सरकारका तिनै तहलाई घचघच्याउनु पर्ने बताए । मन्त्री तामाङले आफूले आफ्नो तहबाट शुकदेवलाई सहिद घोषणाको लागि गर्न सक्ने सहयोग गर्न तयार रहेको बताए ।

उक्त कार्यक्रममा कार्यक्रममा मगर मुक्ति मोर्चा नेपाल रुपन्देहीका अध्यक्ष दान बहादुर घर्ती मगर, सहिद शुकदेव राष्ट्रिय कार्यदल नेपालका अध्यक्ष धन बहादुर गुरुङ, आदिवासी जनजाति महासङ्घ लुम्बिनीका महासचिव मनोज राना रुपन्देहीका उपाध्यक्ष इन्द्र राई, तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीमा अध्यक्ष विमला गुरुङ लगायतले बोल्दै बिभिन्न राजनितीक दलहरुका प्रतिनिधिहरुले जनजातिलाई चुनाव र पैसाका लागि मात्र प्रयोग गर्ने गरेको आरोप लगाउदै सरकारले पनि जनजातिहरुको विषयमा वेवस्ता गरेको गुनासो गरेका थिए । हाल सम्मका सरकारहरूले सहिद शुकदेवको वास्तविक इतिहास र बलिदानलाई पूर्वाग्रही दृष्टिकोणले हेरिनुले जनजातिहरुलाई राज्य द्वारा अपहेलित गरेको महसुस भएको उनीहरूको आरोप रहेको छ ।

वि.स १९३३ साल चैत्र १० गते जङ्गबहादुर राणाको शासन कालमा हत्या गरिएको थियो । राणा विरोधी आन्दोलनका क्रममा १८ वर्ष जेल जीवन बिताएका गुरुङलाई जेलभित्रै हत्या भएको थियो ।