नेपाल दलित मुक्ति मोर्चा बुटबलकाे दोस्रो नगर भेला सम्पन्न अध्यक्षमा: गहतराज
- ई प्रतिबिम्ब
- २०८० भाद्र २
- 468 views
नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा ,बुटवल उपमहानगरपालीकाको दोस्रो नगर भेला बुटवलको माझगाउंमा रहको सहिद स्मृति प्रतिष्ठानमा सनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाल दलित मुक्ति मोर्चा रुपन्देही फ्याक्सन ईन्चार्ज दिपा विकले माओवादी जनयुद्धका कारण सदियौं वर्ष देखि पछाडि पारिएको दलित ,मधेशी ,मुश्लिम तथा अन्य सिमान्तकृत समुदायको हक हित संरक्षण र प्रवद्धनका लागि महत्वपुर्ण भमिका रहेको बताईन । त्यस्तै संविधानले दिएको अधिकार अझै पुर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै राज्यका सबै निकाय र राजनीतिक दलहरुलाई जवाफदेही बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिईन ।दलित समुदायको हक अधिकार स्थापित गर्न तथा जातका आधारमा हुने विभेद न्यूनिकरणका लागि सबै संगठित हुनु पर्ने भन्दै दलित समुदायको सशक्तिकरणका लागि आर्थिक र शैक्षिकरुपमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिदै त्यसका लागि दलित समुदायको पुर्खाैली सिपलाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्ने बताईन ।
त्यस्तै कार्यक्रममा दलित मुक्ति मोर्चाका रुपन्देही अध्यक्ष धुव्र लामगादे , सचिब छवी नेपालीले जातिय विभेदका विरुद्ध दलित समुदाय एकजुट हुनु पर्ने बताए ।
उक्त भेलाले राजेन्द्र गहतराजको अध्यक्षता मा ३१ सदस्यीय नगर कमिटी गठन गरेकाे छ । जसमा उपाध्यक्ष सान्ता दर्जी उपाध्यक्ष सम्भु बिक, सचिब सर्बेस हिताङ्ग, सह-सचिब बेल बहादुर गैरे, कोषाध्यक्ष सरिता बिश्वकर्मा र सदस्यमा सोभाखर नेपाली, अनिता दर्जी, गोबिन्द बराल, मनमाया बिक, निरु बिक, सालिकराम परियार, मीन बुढाथोकी मान बहादुर बिक सुजन खाती चिजा बिश्वकर्मा मनिस रसाइली किष्ण नेपाली जङ्ग बहादुर सुनार अमर बिक मनोज गैरे मन बहादु बिक पुस्पा बिक प्रजवल बिक जहर सिह बिक कमला बिक मन्जु नेपाली दुर्गा बहादुर बिक रहेका छन भने थप पहिलो बैठक बाट दुई जना मनोनीत गरि ३१ सदस्य रहेका छन ।
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्