गुल्मीको छत्रकोट गाउँपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा सम्झौता

गुल्मीको छत्रकोट गाउँपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा सम्झौता

वुटवल- गुल्मीको छत्रकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी
रुपन्देही जिल्ला शाखा अन्तर्गतको रक्तसंचार सेवा केन्द्र, वुटवल । भैरहवा विच गुल्मीको छत्रकोट गाउँपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा दुवैपक्षका प्रतिनिधिहरुबीच संझौता भएको छ ।

नेपाल नियमित रक्तदाता संघको पहलमा भएको कार्यक्रममा गाउँपालिकाको तर्फवाट अध्यक्ष रामप्रसाद पाण्डेय र संयोजक प्रेम बहादुर सुनार -हुकुम_ र नेपाल रेडक्रस सोसाइटीको तर्फवाट सभापति दिपक क्षेत्री नेउपाने र इन्चार्ज राधा ज्ञवालीले दुवै पक्षवाट देहाय वमोजिमका शर्त पालना गर्ने गरी संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ । यो संझौताको मुख्य उद्देश्य छत्रकोट गाउँपालिका गुल्मीका वासिन्दालाई निशुल्क रतग उपलव्ध गराउने रहेको छ । अन्य शर्तहरुमा छत्रकोट गाउँपालिका गुल्मीवाट रक्तसंचार सेवा बुटवल र भैरहवाको लागि छत्रकोट गाउँपालिका भित्र रगत संकलन कार्यमा सहयोग गर्ने रहेको छ । छत्रकोट गाउँपालिकाका वासिन्दालाई प्राथमिकताको आधारमा रक्तसंचार सेवा बुटवल भैरहवाले गाउँपालिकाका बासिन्दालाई नगरपालिकाले सोधभर्ना गर्ने गरी निःशुल्क रगत उपलब्ध गराउने भएको छ। रुपन्देही जिल्लाको रक्तसंचार सेवा बुटवल र भैरहवाले तोकेको शुल्कमा रक्तसंचार सेवा उपलब्ध गराउने छ ।

विज्ञापन

गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र बुटवल, रुपन्देहीलाई सेवा शुल्कवापतको पेश्की रकम अग्रिम रुपमा उपलब्ध गराउन सक्ने छ। निःशुल्क रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति गाउँपालिकाको बासिन्दा भएको प्रमाणित हुने कुनै किसिमको कागजात नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र राहदानी पत्र प्रतिलिपि विरामिका आफन्तले रगत लिन आउदा रक्तसंचार सेवामा पेश गरे सजिलै निःशुल्क रतग उपलव्ध हुनेछ ।

आपतकालिन अवस्थामा आकस्मीक रगत लिनुपर्ने आवस्थामा सम्बन्धित व्यक्तले अन्य कागजात पेश गर्न नसकेको अवस्थामा रगतको शुल्क नगद भुक्तानी गर्ने र पछि कागजात पेश गरेमा नगद फिर्ता गरिने भएको छ । अस्पतालमा लगिएको रगत प्रयोग नभएमा गुणस्तर नविगारी फिर्ता गर्न गराउन विरामीका आफन्तलाई उत्प्रेरित गराउने संयुक्त जिम्मेवारी हुनेछ । त्यस्तै, गाउँपालिका क्षेत्रभित्र रक्तदान उत्प्रेरणा कार्यक्रम आयोजना गर्न गराउन गाउँपालिकाले वार्षिक कार्यक्रमको योजना बनाई कार्यान्वयनमा प्राथमिकता दिनेछ।

गाउँपालिकाले हरेक वडाहरुमा पालो मिलाई कम्तीमा वर्षको दुई पटक रक्त संकलन शिविर रक्तसंचार सेवाको प्राविधिक सहयोगमा आयोजना गर्नेछ । गाउँपालिकावाट रक्तसंचार सेवा बुटवल र भैरहवाको प्रशासनिक खर्चमा सहयोग पुग्ने गरि वार्षिक रुपमा एक लाख अनुदान रकम उपलब्ध गराउने शर्तमा उल्लेख गरिएको छ । । आपसी सहमतीमा सम्झौताको अवधि र शर्त थपघट गर्न गराउन सकिने छ।प्रत्येक वर्ष कम्तीमा १ पटक दुवै पक्षको सहभागितामा समीक्षा बैठक आयोजना गरिने छ । यो सम्झौताको अवधि २०८३ साल असार मसान्तसम्म हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ।