लाईन्स क्लब अफ भृकुटी टाउन मनकामनाको ५ औं चार्टर डे सेलिब्रेसन

लाईन्स क्लब अफ भृकुटी टाउन मनकामनाको ५ औं चार्टर डे सेलिब्रेसन

बुटवल – लाईन्स क्लब अफ भृकुटी टाउन मनकामना बुटवलको ५ औं चार्टर डे सेलिब्रेसन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार बुटवलमा भएको कार्यक्रममा क्लबका बर्ष २०२२- ०२३ का अध्यक्ष लता खड्काले बर्ष भरी गरेको काम र कार्यक्रमका बारेमा प्रस्ट पार्दै शुरु भएको कार्यक्रममा क्लबका अध्यक्ष ला. खड्काले बर्ष २०२३-०२४ का अध्यक्ष सिमा घिमिरेलाई अध्यक्षको पद हस्तान्तरण गर्नु गरेकी थिईन ।

विज्ञापन

कार्यक्रमका प्रमुख अतिथी पिएमजिफ ला. नवराज न्यौपानेले क्लबलाई आगामी दिनमा सकारात्मक सोचका साथ नयाँ योजना र भिजन सहित अगाडी बढ्नु पर्ने बताए । सामाजिक सेबामा कृयाशिल बन्नका लागि पैसा मात्र नभएर मन र भावना पनि प्रगतिशील हुनुपर्ने भन्दै क्लबले गर्ने हरेक कार्यक्रमहरु सामाजिक रुपमा पछाडी परेका वर्ग समुदायको हितमा हुनुपर्ने बताए ।

त्यस्तै ला. बालाराम भट्टराईले क्लबलाई उत्कृष्ट बनाउनका लागि सबैको साथ सहयोग र एकता हुनुपर्ने भन्दै एकले अर्काको नेतृत्व स्वीकार गरि अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा अन्य लाईन्स क्लबहरुका अध्यक्ष तथा प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागीता रहेको थियो भने वर्ष २०२३- ०२४ का अध्यक्ष सिमा घिमिरेले आगामी बर्ष सबै सङ्ग हातेमालो गर्दै अगाडि बढ्ने भन्दै भावी योजना समेत प्रस्तुत गरेकी थिईन ।