अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देहीद्धारा नेकपा माओवादी केन्द्रबाट स्थानिय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई सम्मान

अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देहीद्धारा नेकपा माओवादी केन्द्रबाट स्थानिय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई सम्मान

३ असार २०७९

अम्बिका परियार

विज्ञापन

बुटवल ÷अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देहीले नेकपा माओवादी केन्द्रबाट स्थानिय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ । बिहिबार पार्टी कार्यालय बुटवलमा सम्मान गरीएको सो पार्टीले जनाएको छ । सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दामा शर्माले महिला मुक्तिका लागि महिला स्वयम जागरुक हुनु पर्नेमा जोड दिनु भयो । उहाँले महिलाहरु चुल्हो चौकोमा मात्रै सिमित हुन नहुने भन्दै महिलाहरुको राजनितिमा सहभागिता बढाउनु पर्नेमा जोड दिनु भयो ।

सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पार्वती पुनले महिलाहरुलाई उत्पादनमा जोड्नु पर्ने बताउनु भयो । आर्थिक रुपमा सवल नहुँदा सम्म महिला मुक्ति संम्भव नभएको उल्लेख गर्दै उहाँले महिलाहरुको आर्थिक उर्पाजनमा सहभागिता वढाउनु पर्नेमा जोड दिनु भयो ।

अर्का प्रदेश सभा सदस्य दिपा बिकले स्थानिय तहको निर्वाचनबाट दलित तथा सिमान्तकृत समुदायका महिलाहरुको स्थानिय सरकारमा उल्लेख्य सहभागिता गराएको बताउनु भयो । उहाँले दश बर्षे जनयुद्धका कारण परिवर्तन संम्भव भएकाले प्राप्त उपलब्धिको रक्षा गर्नु अहिले प्रमुख दायित्व भएको बताउनु भयो ।

कार्यक्रममा रुपन्देही जिल्ला ईन्चार्ज निर्मल जिसी, महिला नेतृहरु रिज्जु श्रेष्ठ, दिलमाया गुरुङ्ग, एकता थापा, धन मायाँ चौधरी र कुमारी घर्तीले बोल्दै महिला अधिकारको बिषय संविधानमै प्रस्ट लेखिएको उल्लेख गर्दै महिला हिंन्सा अन्त्य गर्न भुमिका खेल्न जनप्रतिनिधिहरुलाई सुझाब दिनु भयो । कार्यक्रम खुश्वु भण्डारीको स्वागत, अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देही ईन्चार्ज टिका वलीको अध्यक्षता र दिपिका शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।