सल्यान कारागारमा रहेका कैदी बन्दीलाइ खसी प्रदान

सल्यान कारागारमा रहेका कैदी बन्दीलाइ खसी प्रदान

सल्यान, कार्तिक ४ गते

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले विभिन्न कारणले जेल जिवन विताईरहेका कैदीवन्दीलाई सृजनात्मक काम गर्न आग्रह गर्नुभएको छ ।

विज्ञापन

सल्यान कारागारमा रहेका कैदीवन्दीका समस्या वुझन र कारागार अनुगमन गर्न पुग्नु भएका मन्त्री शर्माले जेल जीवनलाई सकारात्मक सोच र उद्यमशिल वनाउनु पर्नेमामा जोड दिनु भयो ।

उहाले भन्नुभयो हिजो वाट सिकेर आगामी दिन सकारात्मक वनाउन, मेहनत गर्न, सृजनात्मक कार्य गर्नु आवश्यक छ ।

मन्त्रीसंग कैदी वन्दीले साघुरो घर भएका कारण वसाई निकै कष्ठकर भएको वताएका थिए ।

कारागार अनुगमनमा मन्त्री संगै रहेका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेललाई जग्गा प्राप्तीको पहल गरे प्रदेश सरकारले आवश्यक वजेट विनियोजन गर्ने समेत मन्त्री शर्माले वताउनुभयो ।

२५ जनाको क्षमता रहेको कारागारमा अहिले १सय ३४ जना कैदी वन्दी वस्दै आएका छन।

कारागार अनुगमनमा पुग्नु भएका कृषि मन्त्री शर्माले कैदी वन्दीलाई१ वटा खसी प्रदान गर्नुभएको थियो ।

सल्यानका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले कारागारको स्तोरोन्ती को लागि सवैसंग समन्वय गरेर अघि वढ्ने वताउनुभयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता