नागरिकता च्यातेकाहरु नायक बन्न सक्दैनानः नेता भण्डारी

नागरिकता च्यातेकाहरु नायक बन्न सक्दैनानः नेता भण्डारी

असोज १७, सल्यान ।

नेकपा माओवादी केन्द्र सल्यानले रुपान्तरण अभियान १ महिना पुगेको अवसरमा गरेका काम र गर्ने कामका विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
जनतासंग माओवादी विशेष रुपान्तर अभियान अन्तरगत सल्यानमा खटिएको खिमहेधन अभियान टोलीले गरेका कामका विषयमा बुधबार खलंगामा पत्रकार सम्मेलन गरी अभियानको बारेमा जानकारी  दिएको हो ।
घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नारासहित माओवादीले भाद्र १६ गते देखि देशव्यापाी चालेको अभियान आगामी मंसिर १५ सम्म चल्ने छ ।

विज्ञापन

सरकारले चालेको सुशासनको अयिभानलाई जनतामा लिन र पार्टीलाई रुपान्तरित गर्न अभियान चालिएको माओवादीले जनाएको छ।
“रुपान्तरित विस्तारित माओवादी निर्माण हाम्रो अभियान, समृद्ध सुशासित सल्यानका लागि गरौ योगदान” भन्ने नारा सहित सल्यानमा चलेको अभियानमा सल्यानको सापेक्षतामा विभिन्न कार्यक्रम चलाइएको जिल्ला इन्चार्ज नरेश भण्डारीले जानकारी दिएका छन ।

उनका अनुसार सल्यानमा मतदातासंग मनका कुरा, माओवादीसंग जनका कुरा, सल्यानीसंग सरकार, जनतासंग जनसंगठन, दु:खीसंग २ दिन, संचारकर्मीसंग सहकार्य जस्ता कार्यक्रमहरु राखएिको छ ।
त्यस्तै श्रम शुक्रबार, संकल्प सभा, उत्पादन उत्प्रेरणा, सिर्जनशील सप्ताह, सुशासनको सुइको र संघर्ष, शिक्षामा सिकायत र समाधान, स्वास्थ्यामा सकस र समाधान, विकासमा विवेक र वेथिती लगायतका कार्यक्रमपनि अभियान अन्तरगत चलेका छन ।
माओवादीका युवा बौद्धिक नेता संविधान सभा सदस्य तथा कर्णाली सरकारका पुर्व मन्त्री नरेश भण्डारीले व्यक्तित्व विकासका लागि म लेख्छु, म बोल्छु, म पढ्छु, र म गर्छु जस्ता कार्यक्रम पनि चलाइएको र त्यसले अभियानकर्ता र आम जनताको व्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा राखे ।

एक फरक प्रसंगमा नयाँ राजनीतिक दलका विषयमा पत्रकारले सोधेको प्रश्नलाई सम्बोधन गर्दै उनले भने: “अरुलाइ गालिगर्दै केहि समय हल्ला चलाएर स्वतन्त्रको हवाला दिदै आएका केहि स्वतन्त्र पार्टी भनिनेहरु अन्तत: विचारविहिन हुन, उनिहरु सकिएर जान्छन, अभियानले यो प्रवृत्तीलाई पनि अन्त्य गर्नेछ ।”

माओवादीहरु शरिर च्यातेर देशलाई दिइरहेका बेला देशको काम छैन भन्दै नागरिकता च्यातेर विदेश गएकाहरु अहिले स्वतन्त्रका नाममा देशको नायक बन्न खोजेकाले  जनता सजक बन्नुुपर्ने भन्डारीको भनाइ छ ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा सल्यान संयोजक कृति बहादुर पुनले रुपान्तरण अभियान माओवादीको मात्रै नभएर देशका सम्पुर्ण मान्छेहरुको भएको भन्दै आफुहरु त्यहि अनुरुप लागेको बताएका छन । उनले व्यवस्थामा खतरा पैदा भएको भन्दै सबैजना सजग बन्नुपर्ने बेला आएको भन्दै सकारात्मक प्रचारको काम पत्रकारले गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलन कार्यक्रमको सहजिकरण युवा नेता भिम कुमाखीले गरेका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता