माओवादी केन्द्र सल्यानले थालेको अभियान हरेक शुक्रबार श्रम शुक्रबार

माओवादी केन्द्र सल्यानले थालेको अभियान हरेक शुक्रबार श्रम शुक्रबार

असोज १२, सल्यान ।
रुपान्तरण अभियानमा रहेको माओवादीले सल्यानमा हरेक शुक्रबारलाई श्रम शुक्रबार जनसेवा कार्यक्रमको रुपमा मनाउदै आएको छ। जस अन्तरगत असोज १२ गते जिल्लाका विभिन्न स्थानमा माओवादीले श्रमदान गरेर सामाजिक काम गरेको छ ।
सदरमुकाम खलंगामा माओवादीले जिल्ला समन्वय समितिको कार्यालय आसपासको सरसफाई गरेको छ । जिल्लास्तरका विभिन्न ठुला कार्यक्रमहरु हुने हल रहेको स्थान आसपासमा जम्माभएका प्लाष्टिकका बोतल, कागज, वरिपरि उम्रिएको घाँसलाइ नष्ट गरेर सरसफाइ गरिएको हो ।
पार्टीले जिल्लाभर यस्ता कार्यक्रम गरिरहेको र शारदा नगरपालिकाका विभिन्न स्थानमा सरसफाइको लागि जिम्मा दिएको नगर अभियान इन्चार्ज गणेश प्रसाद सिंहले जानकारी दिएका छन।
कर्णालीका जलस्रोत तथा उर्जा विकास मन्त्री समेत रहेका पार्टीका केन्द्रिय सदस्य सिंहले राम्रो काम भएको भन्दै सबैतिरबाट प्रसंशा भएको भन्दै यसलाई सबैले अनुुसरण गरेको बताएका छन । उनले भने: “चाडवाड आउदैछन, जनश्रम बाट धेरै काम गर्न सकिन्छ त्यसकारण अभियानमा सबैजना जोडिएर काम गर्नुपर्छ ।”
वडा नं. ३ को आयोजनामा भएको सरसफाईमा पार्टीका वडाध्यक्ष विमल श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य चेतन गिरी, किसान नेता कलिराम वली, युवा वुद्धिजिवी यज्ञ विक, सुकदेव विक, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा कार्यरत कर्मचारी, स्थानीयवासी र पत्रकारको सहभागिता रहेको थियो ।
संविधान दिवसको दिन असोज ३ गते खलंगाको ठुलधारामा रहेको फोहोर सफा गरेको माओवादीले जिल्लाको मुटुमा रहेको जिल्ला समन्वय समितिको सभाहल सफा गरेको हो

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता