रेविज रोग  नियन्त्रणका लागि खोप अभियान सगै जनचेतना फैलाउन आवश्यक छः मन्त्री शर्मा

रेविज रोग  नियन्त्रणका लागि खोप अभियान सगै जनचेतना फैलाउन आवश्यक छः मन्त्री शर्मा

असोज ११ सुर्खेत

रेविज नियन्त्रणः एक स्वास्थ एक गनतव्य ,जनचेतना जगायौ खोप लगायौ र रेविज अन्मुलन गरौ भन्ने उदेश्यका साथ कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले रेविज रोग नियन्त्रको लागि खोप अभियान सगै जनचेतना फैलाउन आवश्यक भएको बताउनु भएको छ।

विज्ञापन

विश्व रेविज दिवस २०८० को  अवसरमा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको जनचेतना मूलक प्रभाफेरी कार्यक्रममा मन्त्री शर्माले विश्व रेविज दिवस २०८०को अवसरमा शुभकामना दिनुहुदै कर्णाली प्रदेश सरकारले रेविज रोग नियन्त्रणमा खोप अभियान सञ्चालन गरेपनि जनचेतनाको कमि भएकोले रोग नियन्त्रणमा समस्या भएको बताउदै खोप अभियान सगै जनचेतना फैलाउन पशु चिकित्सक तथा कार्यलय प्रमुखहरुलाइ निर्देशन गर्नुभएको हो।

सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन गरेको गोगदानको चर्चा गर्दै रेबिज एउटा भाइरस भएकाले यसलाई न्यूरोट्रोपीक भाइरसका नामले पनि चिनिने भएकाले आज भन्दा करिव १७ बर्ष अगाडि रेविज रोग विरुद्ध अभियान सञ्चालन गरिएको बताउनु भयो।

हामी मध्ये धेरैलाई रेबिजको बारेमा थाहा तर रेविज रोग प्राण घातब रोग हो भनेर  रेविज नियन्त्रणमा   जनचेतना फैलाउन नसक्नुले रेविज रोगका कारण दिनानुदिन बिद्यालय पढ्ने बालबालिका सडकमा हिडडुल गर्ने मान्छे मजदुर सिकार भएको र अकालमै ज्यान गुमाएको बताउनु भयो।

रेविज संक्रमण भएको पशुबाट कुकरमा रोग सर्ने र कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य भएकोले यसको रोकथामको लागि बिद्यालयका बालबालिका किसान शिक्षक स्वास्थ्यकर्मी पत्रकार सुरक्षाकर्मीको महत्वपुर्ण भूमिका रहेकाले जनचेतना फैलाउन दिवसको दिन मात्रै नभइ सधै यस्ता कार्यक्रम आयोजना गर्न निर्देशन गर्नु भयो।

‘रेविज विरुद्ध जनचेतना र खोप नै उत्तम उपाए भएकाले तपाईं-हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाउन निर्देशन गर्दै लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनिहरुको सम्पर्क र संसर्ग नहुन दिन आग्रह गर्नुभयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता