एमालेको ठूलो शक्ति बिभाजनको संघारमा छः प्रचण्ड

एमालेको ठूलो शक्ति बिभाजनको संघारमा छः प्रचण्ड

भदौ १४ सुर्खेत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमाले विभाजनको संघारमा रहेको  दाबी गर्नु भएको छ।

विज्ञापन

सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा परेको प्रधानमन्त्री प्रचण्डले दावी गर्नुभएको हो ।

अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टी    भित्र  यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परे सान भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा रहेको बताउनु भयो।

अहिले कम्युनिष्टको नयाँ धुव्रीकरण सुरु भएकोले  प्रतिपक्षपार्टी भित्र ठुलो पंकीमा दरार आउने  दावी गर्नुभयो।

अहिले सरकार  परिवर्तनको पक्षमा अग्रसर  भएको  प्रतिपक्षलाइ मन  परेको छैन अझ समाजवादी मोर्चा निर्माण बाट सात्तो गएकोले  भ्रष्टाचारविरुद्ध अग्रसर हुँदा एमालेको ठुलो शक्तिमा खैलाबैला हुन थालेको ठोकुवा गर्नु भयो।

भ्रष्टचारमा अभियानको प्रचण्डको नाम आगाडि आए पनि नछोड्न भन्दै  भ्रष्ट्राचार बिरुद्धको अभियानमा कोही कसैला नछोड्ने बताउनु भयो।

सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी तत्व र दलालहरुलाई सह्‍य नभएको पनि जिकिर गर्नुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता