कर्णालीमा कृषि क्षेत्र विकासका लागि साझेदार संस्थाहरु संग सहकार्य हुन्छः कृषि मन्त्री शर्मा

कर्णालीमा कृषि क्षेत्र विकासका लागि साझेदार संस्थाहरु संग सहकार्य हुन्छः कृषि मन्त्री शर्मा

भदौ १ सुर्खेत

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकास गर्न साझेदार संस्थाहरु संग सहकार्य हुने बताउनु भएको छ।

विज्ञापन

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जैविक बिविधता  अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-वर्ड )बिच कृषि जैविक विविधता पर्यावरणीय तथा जलवायु मैत्री कृषि प्रवर्द्धनका लागि गरिएको सम्झौता नविकरण पत्रमा सम्झौता गर्न आयोजना  गरिएको कार्यक्रममा मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले साझेदार संघ संस्था संग रैथाले वाली प्रवर्द्धन तथा विकासका लागि  सहकार्य गर्न लक्ष्य लिएकाले कर्णाली प्रदेशमा साझेदार संघ संस्था संग सहकार्यको बाटो जहिले पनि खुल्ला गरिएको बताउनु भएको हो।

गराइ र भनाइमा एक रुपता ल्याउन प्रदेश सरकारले निश्चित मापदण्ड तयार पारेकोले  प्रदेश सरकारको मापदण्ड अनुसार काम गर्न साझेदार संघ संस्था संग सहकार्य गर्न प्रदेश सरकार तयार भएको बताउदै साझेरदार संग संस्थाले दोहोपन रोकेर निश्चित उत्पादन निश्चित कार्यक्षेत्र टोल वडा तथा बस्ति छनौटमा ध्यान दिनु पर्ने कुरामा सचेत रहन निर्देशन गर्नु भयो।

गैर सरकारी संस्थाहरुले सबै क्षेत्रमा बिज्ञता भए जस्तो काम गर्ने तर नतिजामा कतै पनि फेरवदल आउन नस्कने समस्या भएकाले कर्णाली प्रदेश सरकारले लिएको लक्ष्य कर्णाली जे बिक्री गर्न मुल्यवान बस्तु नै बिक्रि गर्छ भन्ने उदेश्यलाइ सघाउन उत्पादन बजारीकरणमा साझेदार संघ संस्थाले परियोजना मार्फत कर्णाली प्रदेश सरकार संग साझेदार गर्नु पर्ने बताउनु भयो।

उहाँले भन्नुभयो अहिले कर्णालीको रैथाने वालीको बजारीकरण गर्न प्रदेश सकारले सुरुवात गरेको र अब साझेदार संघ संस्थाहरुले उत्पादन मात्रै हैन बजारीकरण गर्न पनि सहयोग गर्न आवश्यक रहेको बताउदै लिवर्ड कार्यकारी निर्देशक भरत भण्डारीलाइ कर्णालीको मुल्यवान लोगो हस्तारण  गर्नु  भयो।

भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव नरहरि प्रशाद घिमिरे र लि-वर्ड कार्यकारी निर्देशक भरत भण्डारी बिच हस्ताक्षर भएको  साझेदार पत्रमा कर्णाली प्रदेशको कृषि विकासको प्राथमिकतालाइ सहयोग पुग्नेगरी ६ वटा क्षेत्रमा साझेदार रहने छ।

१  कषि जैविक विविधताको पहिचान पंजीकरणतथा दिगो उपयोग सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने।

२ कृषि जैविक विविधता पर्यावरणीय तथा जलवायु मैत्री कृषि परागसेचन प्रवर्द्धन दिगो कृषि प्रवधि  र प्राङ्गारिक कृषि पद्धतिको आवश्क्ता र महत्वको प्रचार प्रसार

३ प्राङ्गारिक पर्यावरणीय तथा जलवायु मैत्री कृषि एबंम परागसेचन प्रवर्द्धन सम्बन्धी असल अभ्यासहरु प्रविधि प्रदर्शन तथा पहिचान कार्यगत अनुसन्धान तालिम तथा प्रचार प्रसार सामाग्री विकास

४ सामुदायिक बीउ बैङ्क  तथा समुदायमा आधारित बीउ उत्पादन प्रद्धतिको विकास र प्रवर्द्धन

५ प्रविधि क्षमता अभिवृद्धि  तथा कृषि संग सम्बन्धित प्रदेश स्तरिय नीति  तथा कार्यायोजना  निर्माण तथा सुधार

६ मन्त्रालय र लि बर्ड  दुबैको प्रथामिकता रहेका क्षेत्रहरुमा नयाँ  परियोजना विकास तथा कार्यान्वयन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता