प्रदेश प्रमुख परियार द्धारा अर्थ सम्वन्धि प्रस्तावलाइ कार्यान्वय गर्न बनेको विधेयक प्रमाणिकरण

प्रदेश प्रमुख परियार द्धारा अर्थ सम्वन्धि प्रस्तावलाइ कार्यान्वय गर्न बनेको विधेयक प्रमाणिकरण

असार ३१ सुर्खेत

प्रदेश प्रमुख तिलक परियारले अर्थ सम्वन्धि प्रस्तावलाइ कार्यान्वय गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ।

विज्ञापन

कर्णाली प्रदेश सरकाको अर्थ सम्बधी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि कर्णाली प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाई प्रदेश प्रमुख परियारले प्रमाणीकरण  गर्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयले एक प्रेस बिज्ञप्ती जारी गरी कर्णाली प्रदेश सभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतको पत्र संख्या ०७९।०८० चलानी नं ३७४ को मिति २०८०।०३।३१ को पत्रसाथ प्राप्त कर्णाली प्रदेश सरकाको अर्थ सम्बधी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि कर्णाली प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाइ नेपालको संबिधानको धारा २०१ उपधारा २ बमेजिक कर्णाली प्रदेश प्रमुख तिलक परियारले बिधेयक प्रमाणिकरण गर्नु भएको जानकारी दिइएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता