जुम्लाको काँचो स्याउ बजारमा धमाधम विक्री हुँदै

जुम्लाको काँचो स्याउ बजारमा धमाधम विक्री हुँदै

सागर परियार जुम्ला साउन १३

जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको हो ।

विज्ञापन

भदौ १५ गते अघि स्याउ नटिप्न कृषि विज्ञदेखि यहाँका स्थानीय तहले समेत सूचित गराइसकेका छन् । तर, पछि मूल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले जुम्लाको काँचो स्याउ बेच्न थालेका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली-गल्ली र चोक चोक तथा फलफूल मन्डीहरूमा जुम्लाको काँचो स्याउ विक्रीका लागि राखिएका छन् । त्यस्तै काठमाडौँ, नेपालगन्ज, धनगढी विराटनगर लगायतका जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले साउनमा पाक्ने ६२ कार्टुन चक्लेटी स्याउ निर्यातका लागि सिफारिस दिएको जानकारी दिनुभयो । किसानले क्षणिक नाफा भन्दा दीर्घकालीन असरलाई ख्याल गर्नुपर्नेमा उहाँको जोड छ ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले काँचो स्याउ निर्यात रोक्न सबै संयन्त्र मजबुद बनाउनुपर्ने बताउनुभयो ।

स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ । यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता