कर्णालीका युवालाई रोजगारी दिने मुख्यमन्त्री शाहीको प्रतिबद्धता

कर्णालीका युवालाई रोजगारी दिने मुख्यमन्त्री शाहीको प्रतिबद्धता

२३ पुष सुर्खेत

कर्णालीका युवालाइ प्रदेशमै रोजगार दिने मुख्यमन्त्री जीवन बहादुर शाहीले  प्रतिबद्धता  गरेका छन।

विज्ञापन

कर्णाली प्रदेशका १० वटै जिल्लाबाट छिमेकी देश भारत तथा अन्य देशबाट फर्किएका युवालाइ कर्णाली प्रदेश सरकारले रोजगारी दिने प्रतिबद्धता दिएका छन।

मुख्यमन्त्री शाहीले कर्णालीका १० वटै जिल्लाबाट कालापहाड अथवा जाने युवाका लागी सिप अनुसारको रोजगार दिने जनाएका

शुक्रबार नेपाली जनसम्पर्क समिति भारतको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री शाहीले यस्तो प्रतिबद्धतथा गरेका हुन।

कर्णालीका नागरिकले भारतको बिभिन्न ठाउँमा गयर श्रम गर्ने चलनको अन्त्य गर्ने योजना प्रदेश सरकारको भएको बताएका छन।

प्रदेश सरकार मातहतका विकास योजना वाट सीप अनुसारको रोजगारमा अनुदान सहयोग गरी  भारत लगायतका  बिभिन्न  ठाउँबाट फर्केका नागरिकलाई रोजगारमा प्राथमिकता दिने सरकारको योजना रहेको बताएका छन।

कोरोनाका कारणले कर्णालीका नागरिकले भारतका बिभिन्न ठाउमा गर्दै आएको रोजगार गुमाएर प्रदेशमा फर्केकाले त्यसको ब्यबस्थापनको स्थानीय सरकार संग समन्वय गरेर कालापहाडबाट फर्किएकाहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूको सीपका बारेमा जानकारी लिने बताए।

लगत संकलनको लगतै प्रदेश सरकारले रोजगार कार्यक्रम सञ्चालन गर्ने गरी योजना तयार पारिएको ले अहिले सञ्चालित मुख्यमन्त्री रोजगार कार्यक्रमसँगै कृषि व्यवसाय गर्नेहरूका लागि न्यून ब्याजदरमा ऋण सुविधा पनि दिने बताए।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भारतबाट फर्केका कर्णालीवासीका  नागरिकलाइ  रोजगार तथा , सिपमूलक तालिम, न्युन ब्याजदरमा ऋण उपलब्ध गराउन, प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मतदानको वातावरण मिलाउन, कर्णालीका युवाहरूलाई विदेश जानबाट रोक्नका लागि युवा लक्षित कार्यक्रम ल्याउन, भारतमा रहेका र जाने कर्णालीका युवाहरूको तथ्याङ्क राख्ने लगायतका नौ बुँदे माग मुख्यमन्त्री शाहीलाई बुझाएका छन्। 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता