बारामा बलात्कार घटनाका आरोपित पक्राउ

बारामा बलात्कार घटनाका आरोपित पक्राउ

असार ११ बारा

बारामा बलात्कार घटनाका आरोपितलाई प्रहरीले प्रक्राउ गरेकाे छ।

विज्ञापन

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय अमलेखगञ्ज प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२२चकरी टोलका १९वर्षीय अजय पाख्रिनलाई असार ८ गते सोही वडाको चकरीबाट पक्राउ गरेको हाे ।

पीडित बालिकालाई आरोपितले असार ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई सोही वडाको चकरी गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल कलैयामा असार ८ गते गरिएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता