आफ्नै श्रीमती बेचेको आरोपमा  रुकुमका एक पुरुष काठमाडौबाट पक्राउ

आफ्नै श्रीमती बेचेको आरोपमा रुकुमका एक पुरुष काठमाडौबाट पक्राउ

माघ ८ काठमाडौ

आफ्नै श्रीमती बेचेको आरोपमा रुकुमका अन्दाजी बर्ष ३६ का पुरुष काठमाडौ बाट  पक्राउ परेका छन।

विज्ञापन

चेलीबेटी बेचबिखन तथा मानव ओसार पसारको आरोपमा लागेका ३६ बर्षिय पुरुषलाइ सो सम्बन्धि काम गर्ने प्रहरी अनुसन्धान व्युरो बबरमहल काठमाडौले पक्राउ गरेको हो।

१३ बर्ष अघि आफ्नै साली नाता पर्ने संग अनैतिक सम्बन्ध जोडिएका कारण श्रीमती सँग सम्बन्ध बिग्रेका पुरुष ले श्रीमतीलाई ०६५ साल मंसिरमा ललाइ फकाई भारतको मुम्बईमा लिएर बेचेको आरोपमा गत पुष २४ गते रुकुम सानोभेरी गाउँपालिका वडा नं ३ निवासी अन्दाजी ३६ बर्षिय पुरुषलाइ अनुसन्धान व्युरोले काठमाडौ बाट पक्राउ गरेको बताएको छ।

अन्दाजी ३५ बर्षिया महिला  बेचिएको ठिक एकबर्षपछि उनका बुवा आमाले ०६६ मंसिरमा रूकुम जिल्ला प्रहरी कार्यालयमा अन्दाजी ३६ बर्षिय पुरुष लाइ आफ्नो छोरीलाइ  बेचेको वा बेपत्ता बनाएको  कि  लास  चाहिन्छ कि सास चाहिन्छ भनेर उजुरी दिएका थिए ।

उजुरीको आधारमा अन्दाजी ३६ बर्षिया पुरुषलाई जिल्ला प्रहरी कार्यालय रूकुमले पक्राउ गरी  १५ दिनभित्र  जहाँ जुन अवस्थामा भएपनि जिल्ला प्रहरी कार्यालय रूकुममा बुझाउने कागज गरी ३५ बर्षिय पुरुष र उनि सगै  बर्ष ४०, ४५ र ४० का तीनजना महिलाहरू  पनि प्रहरी हिरासतबाट मुक्त भएका थिए ।

हिरासत मुक्त भएको एक महिनाभित्र ती दुबै महिलाहरू बैदेशिक रोजगारीका नाममा अहिलेसम्म कतारमा बसिरहेका छन् भने एक जना भारतको मुम्बइमा रेहेको पारिवारिक श्रोतले  जनाएको छ।

१५ दिनमा श्रीमतीलाई बुझाउने कागज गरि प्रहरी हिरासतबाट मुक्त भएका अन्दाजी ३६ बर्षिय पुरुषले  श्रीमतीलाई खोजेर ल्याउनुको साटो बेवास्ता गरी काठमाडौमा अहिलेसम्म बस्दै आएका छन् ।

यतिमात्र होइन निजले आफैद्बाराल बेचिएकी श्रीमती एकबर्ष अघि आफ्नो सम्पर्कमा भएको माइती नेपाल नामक संस्थामा जानकारी बनाएका थिए ।

उक्त बिषयमा माइती नेपालले चासो दियो तर पछि  ३६ बर्षिया पुरुष माइती नेपालको चासो र सम्पर्कबाट टाढा भएको र बेचिएकी महिलाको ज्यान तलमाथि हुनसक्ने अवस्था भएको माइती नेपाल मध्यपश्चिम क्षेत्र नेपालगन्जमा कार्यरत एकजना अधिकृतले नाम नवताउने सर्तमा बताएका छन् ।

माइती नेपालले ३६ बर्षिया बेचिएकी महिलालाइ  पच्छ्याउँदै जाँदा सम्पर्कमा ल्याउन सफल भएको र सूदुरपश्चिमको कञ्चनपुर जिल्लामा माइती नेपालको संरक्षकत्वमा राखेको थियो। जतिबेला लामो समयसम्म देश लकडाउनको अवस्थामा रहेको थियो।

पछिल्लोपटक गएको साउन भदौ महिनामा शक्ति समूह नेपालको संरक्षकत्व सहित ३५ बर्षिया महिलाले न्यायका लागि विभिन्न तरिकाबाट बालबालिका तथा महिला बेचबिखनको उद्दार र पुनर्स्थापना कार्यमा स्थापित सामुदायिक संस्था शक्ति समुह काठमाडौको पहल तथा सकृयतामा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा मुद्दा दर्ता गरेकी हुन।

विगत १३ वर्षदेखि काठमाडौ कोटेश्वरमा बस्दै आएका परुषका दुई छोराहरू भएकी ३५ बर्षिया श्रीमती लाई १३ वर्षअघि भारतको मुम्बईमा लिएर बेचेको आरोपमा अनुसन्धान ब्युरोले जाहेरीका आधारमा पक्राउ गरेको छ।

३६ बर्षिया पुरुष लाइ मानव बेचबिखन तथा ओसारपसारको आरोपमा अनुसन्धान ब्युरो बबरमहल काठमाडौले अनुसन्धान गरी कार्वाहीको प्रकृया अगाडि बढाएको छ।

आफ्नो श्रीमती लाइ १५ दिनमा ल्याउने जिल्ला प्रहरी कार्यालय रूकुमले कागजगरे नगरेको कुनै रेकर्ड नभएको डिएसपी धुर्वकुमार श्रेष्ठले बताए।

घटनाको बिषयमा उनका जेठाजु र  भाइ तथा आमालाई प्रलोभन र अनावश्यक धम्की दिएको परिवार श्रोतले बताएको छ प्रमाण नष्ट गर्ने र अपराधीलाई उन्मुक्ति दिन ठुलो धनराशिको चलखेल भएको पीडित माइती परिवारले बताएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता