सैनामैना नगरपालिकाले दुग्ध सहकारीलाई एक १ लिटर दुधमा १ रुपैयाँ दिने : मेयर फणेन्द्र शर्मा

सैनामैना नगरपालिकाले दुग्ध सहकारीलाई एक १ लिटर दुधमा १ रुपैयाँ दिने : मेयर फणेन्द्र शर्मा

१७ कार्तिक


सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार सप्पन्न साधारण सभाको उद्घाटन गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले आर्थिक विकास र समृद्धिका लागि सहकारीको भुमिका महत्वपुर्ण हुने भन्दै सहकारीहरुले सदस्य केन्द्रित भइ व्यावसायिक बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

विज्ञापन

उहाँले सहकारीले न्यून्तम दरमा शेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल र शैक्षिक क्षेत्रमा लगानी गरि रोजगारमुखि कार्यक्रम ल्याउन आग्रह गर्दै आर्थिक समृद्धि तर्फ जुटनुपर्ने बताउनुभयो ।
मेयर शर्माले भन्नुभयो, उत्पादन मुलक क्षेत्रमा नगरपालिकाले अनुदान दिदै आएको छ, सहकारी र कृषिमा सैनामैनाका दुग्ध सहकारीलाई कृषकले दिने एक १ लिटर दुधमा १ रुपैयाँ उपलब्ध गराउने निति ल्याएको छ । कृषिलाई प्रभावकारी बनाउन बाख्रा पालन, भैँसी पालन, माछा पालनमा अनुदान उपलब्ध गराउदै कृषि औजार अनुदानमा ५० प्रतिशत बढाएर ७५ प्रतिशत दिने गरि निति बनाईएको उल्लेख गर्दै अब रासायनिक र प्राङ्गरिक मललाई मात्र अनुदान नभएर कृषकले उत्पादन गरेको गोबर मल र गड्यौला मलमा पालिकाले अनुदान दिने गरि योजना बनाउने तर्फ लागेकाे सुनाउनुभयो ।

उँहाले भन्नुभयो, शेयर सदस्यहरु धेरै सहकारी भन्दा एउटै सहकारी संस्थामा आबद्ध भई आफ्ना आर्थिक कारोबार सहकारी मार्फत नै गर्नुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख शर्माले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको सुचना, समाचार अाएकाले सदस्यहरुले सहकारी सम्बन्धि शिक्षा लिएर चनाखो भै विश्वासिलो संस्थामा मात्र कारोवार गर्नुपर्ने बताउनुभयो ।
सहकारीहरु सँख्यात्तमकभन्दा गुणात्मक तरिकाले बृद्धि भई साधारण सदस्यहरुको जिवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

विशिष्ठ अतिथि वडा नं. ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले सहकारी संस्थाहरुले विशेषगरि महिलाहरुका लागि बढी प्रथामिकता दिने गरेको बताउनुभयो । सहकारी संस्थाले आर्थिक कारोवार मात्र नभई महिलाहरुका लागि सीपमूलक कार्यक्रम गरी व्यवसायिक बनाउने तर्फ पनि सहकारीको महत्वपूर्ण भूमिका निर्वाह गरेको हुने उल्लेख गर्नुभयो ।संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँको सभापतित्वमा सम्पन्न साधारण सभमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता सैनामैना वडा नं. ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीको विशिष्ठ आतिथ्यता, नव दिप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामप्रकाश गौतम, साना किसान कृषि सहकारी संस्था मुर्गियाका अध्यक्ष नरेन्द्र पोखरेल, चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकनाथ अधिकारी, उपहार महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शारदा घिमिरे चालिसे, राजबहादुर क्षेत्री, कृष्ण बहादुर कुंवर लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जमुना पोख्रेलको स्वागत तथा सहकारीका सचिव मित्र बहादुर क्षेत्रीले सञ्चलान गर्नुभएको थियो ।

साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारी, उत्कृष्ट मालिक, सबै भन्दा धेरै सदस्य बनाउने र कक्षा १२ को नतिजामा शेयर सदस्यका छोराछोरीमध्येबाट उत्कृष्ट अंक ल्याउने विद्याथीलाई सम्मान समेत गरिएको सहकारीका व्यवस्थापक कोषराज बस्नेतले जानकारी दिनुभयो ।

संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ ।