चाडपर्व नजिकियो तर बजार सुनसान

चाडपर्व नजिकियो तर बजार सुनसान

बुटवल÷ नेपालीहरुको महान पर्व दसैं ,तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि रुपन्देही जिल्लाका व्यापारिक बजारहरुमा चहलपहल भने निकै कम देखिएको छ । हरेक वर्ष चाडपर्व नजिकिएसँगै शहर बजार भीडभाड र व्यस्त हुन्थे । बजारमा व्यापार बढ्थ्यो। व्यापारी र व्यवसायी उत्साहित देखिन्थे। पछिल्ला केहि बर्ष भने कोरोना महामारीको प्रत्यक्ष प्रभाव व्यापार व्यवसायमा परेको छ।चाडपर्व नजिकिदै गर्दा बजारमा फाट्टफुट्ट भीडभाड भए पनि सन्तोषजनक व्यापार छैन। चाडपर्वको मुखमा पनि व्यापार नभएपछि रुपन्देहीका बजारमा व्यवसायी यस वर्ष खिन्न देखिन्छन् भने बजार भाउपनि महँगो भएकाले बजारमा कुनै पनि सामान खरिद गर्न नसकेको उपभोक्ताहरु बताउँछन् ।त्यसैले पसलहरुमा सामान खरिद गर्न जानेको संख्या पनि न्यून रहेको छ ।कोरोनाले धेरैको रोजगारी गुम्दा आर्थिक समस्यामा परे ,मूल्यवृद्धिका कारण मानिसलाई खाद्यान्नको जोहो गर्न मुस्किल भएको छ, यसको प्रत्यक्ष असर व्यापारमा परेको छ ।

रुपन्देही सैनामैनाको ग्लामर टच व्युटि शैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक सीता क्षेत्रीले चाडपर्व नजिए पनि बजारमा कुनै किसीमको रौनक नआएको बताईन् । उनि भन्छिन “देशमा कोरोना लहर आउनु भन्दा अगाडि व्यापार व्यबसाय निकै राम्रो थियो । पसलमा ४ जना स्टाफ थिए , सिजनका बेलामा निकै भिडभाड हुने गथ्र्यो, खाना खाने फुर्सद हुदैनथ्यो तर यतिबेला एक जना स्टाफको भरमा पसल चलेको छ । दिनभरि एक दुई जना मात्र ग्राहक आउने गर्छन् कुनै आम्दानी छैन् ।” बजारमा आर्थिक मन्दि चलेको छ । कस्मेटिक, पार्लर,खेलौना,शौखिन तथा बिलाशिताका सामानहरु किन्नका अहिले उपभोक्ताहरु संग पैसा छैन् ।त्यसैले सामान किनबेचमा निकै मौनता छाएको छ । त्यसो त व्यापारीहरु संग लगानी गर्ने पैसा छैन् । बैंकहरुले रिन दिदैनन् , बचत गरेका बित्तिय संस्थाहरुले पनि यो वा त्यो बाहाना चाहिए जति पैसा निकाल्न दिदैनन् त्यसमाथि सामान उत्पादन गर्ने कम्पनीहरुले सामानमा भारी मुल्य बृद्धि गरेका कारण उपभोक्ताले किन्न सक्दैनन् जसका कारण बजारमा व्यापारका भारी गिरावट आएको बताउछिन् ।

विज्ञापन

कोरोना संक्रमण कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गरेकी व्यवसायी सरस्वती परियारले हालसम्म नयाँ सामान ल्याउन नसकेको सुनाईन् । व्यापार पहिलाभन्दा पनि खस्केको छ,नयाँ सामान थप्न पैसा उठेकै छैन, बैंकमा जाउँ ऋण पाइँदैन । व्यापार सुस्त बनेपछि गत वर्ष ल्याएका सामान समेत बेच्न नसकेको उनले बताईन ।गत वर्ष ल्याएका लत्तापकडा अहिले पनि बेचिरहेकी छु ,चिसोमा लगाउने लुगा पनि गत वर्षकै थन्काएर राखेको बताईन ।उनि भन्छिन् “बजारसम्म पैसा ल्याउन सरकारले तत्काल बैकलाई ऋण लगानी गर्नु दिनुपर्छ, सरकारको आफ्नो खर्च गर्ने क्षमता पनि बढाउनुपर्ने देखिन्छ ।”
बुटवल सुनचादी व्यबसायी संघ,बुटवलका अध्यक्ष गकुल विश्वकर्माका अनुशार हिन्दुहरुका ठूला चाड नजिकिंदा व्यवसाय सुधार हुने अपेक्षा गरिएको थियोतर अहिले पनि बजार सुनसान छ, व्यापारले गति नलग्दा व्यापार घाटा बढेको बढ्यै छ । कोरोनाले गर्दा देशमा आर्थिक मन्दि छाएका कारण मान्छेहरु संग पैसा छैन । त्यसको असर अहिले देखिएको छ,बजारमा सुनचांदी किनबेच भएको छैन । उनि भन्छन “ मानिसहरुमा चाडपर्व मनाउने रौनक हराउनु, आर्थिक मन्दी, उपभोक्ताको क्रय शक्ति घटनु, सुनको भाउ आकासिनु लगायतका कारणले यो साल चहलपहल नभएर व्यापार शुन्य भएको छ ।चाडपर्वमा राम्रो व्यापार हुन्छ भनेर साहुसँग लाखौ रुपैयाँ ऋण काढेर सामान हालियो अहिले व्यापार भने शुन्य अवस्थामा छ । बजार क्षेत्रमा पनि ग्राहकहरुको चहलपहल नभएपछि व्यापारीहरुले पसल कुरेर बस्नु बाहेक अन्य कुनै बिकल्प छैन् । ”

चाडपर्वको सिजनमा दैनिक खाद्यान्न तथा उपभोग्य सामाग्रिको किनबेच हुने भएता पनि विगतका बर्षहरुमा जस्तो कुनै चहलपहल नभएको थोक तथा खुद्रा व्यापारिहरुको गुनासो छ ।बुटवलकी सुवासना किराना पसलका सञ्चालक दिया थापाले स्वदेशमा पेशा व्यबसाय गरेर जीबिको पार्जन गर्न नसकिने बताईन् ।उनि भन्छिन्“एकातिर बजारमा बस्तुभाउको मुल्य आकासीएको छ भने अर्को तिर उपभोक्ता संग खर्च गर्नका लागि पैसा छैन त्यसैले व्यापार कम भएको छ ।” व्यापार नै कम हुने भएपछि कसरी लगानीलाई सुरक्षित गर्ने र कसरी पसलको भाडा तिर्ने भन्ने चिन्तामा छिन् ।पहिले चाडपर्वका बेलामा स्थानिय संगै छिमेकी जिल्लाहरुबाट पनि सामान अडर हुने उनको पसलमा यतिबेला भने कताबाट ग्राहक आउछन र सामान बेचौला भन्ने जस्तो छ । पहिले पसल अबेर सम्म व्यस्त हुने उनको परिवार अहिले निकै फुर्सदिलो भएको सुनाईन । “बजार शुन्य छ, बंैकबाट लाखौं रिन निकालेर व्यबसाय गरका थियौं कोरोनाका कारण बजार बन्द गर्नु पर्याे,बन्दाबन्दीका कारण व्यापार घाटामा छ तर सरकारले कुनै वास्ता नगरेको गुनासो गरिन ।सामानको मुल्य आकासिएको छ, मुल्य घटाउन पहल गर्नु पथ्र्याे,त्यस्तै बंैकहरुमा केहि भएपनि व्याज घटाई दिन सहयोग गरेको भए राम्रो हुन्थ्यो तर सरकारले उपभोक्ता र व्यबसायिको हितमा केहि गर्न सकेन, देशमा ३ तहको सरकार छ तर सरकार भएको आभाष गर्न अहिले सम्म नसकेको बताईन् । ”

व्यापार व्यवसाय मन्दी हुनुको कारण देशमा आर्थिक संकट देखा पर्नु , महँगी अत्यधिक मात्रामा बढ्नु,किसानले लगाएको खाद्यबस्तुहरुको उत्पादनमा हस आउनु ,आर्थिक कारोवार गर्ने वित्तीय संघसंस्थाहरुले ऋण लगानी नगर्दा व्यवसाय ठप्प भएको छ ।विशेषगरी उपभोग्य वस्तुको कृत्रिम अभाव, एकैपटक कमाउछु भन्ने आर्थिक मोह र खर्चिलो संस्कारको दबाब र प्रभाव, माफिया प्रवृति आदि कारणले उपभोक्ता महंगीको मारमा परेका छन् । तर सम्बन्धित निकायले यता तिर ध्यान दिएको देखिदैन् । रुपन्देहीका मुख्य बजार बुटवल ,भैरहवा ,सैनामैना र लुम्बिनी क्षेत्रमा विगतको स्मरण गर्ने हो भने चाडपर्वको मुखमा यी प्रमुख बजारहरुमा निकै चहलपहल हुन्थ्यो । आर्थिक कारोबार बढ्थ्यो। बजारमा एक किसिमको रौनक थपिन्थ्यो । यस वर्ष भने यी बजारहरुमा व्यापार छैन ।चाडपर्व नजिकिदै गर्दा पनि व्यापार नभएपछि अझै आर्थिक मन्दी आउनेर व्यवसाय डामाडोल हुने व्यवसायी बताउँछन् ।