आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी बुटवल द्वारा बिमा जागरण अभियान

आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी बुटवल द्वारा बिमा जागरण अभियान

बुटवल । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट बुटवल एरियाले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको पाँचौ वार्षिक उत्सवको अवसरमा आईएमई लाइफ इन्स्योरेन्स बुटवल शाखाले बुटवल कालिका क्याम्पस र मुर्गिया शाखाले रामापुर माध्यमिक विद्यालयमा आइतवार बीमा जागरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा जीवन बीमाको परिचय, इतिहास, महत्व तथा उद्देश्य लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । आईएमई लाइफ इन्स्योरेन्स बुटवल एरियाका क्षेत्रीय शाखा प्रबन्धक राजेन्द्र पन्थीले विद्यार्थीहरुलाई जीवन बीमाले व्यक्तिको जीवनमा आइपर्ने वित्तीय जोखिमहरुबाट बच्नका लागि मद्दत गर्छ भन्ने कुराको जानकारी दिइएको बताए ।

विज्ञापन

कार्यक्रममा बुटवल शाखा प्रमुख नारायण गौतम र मुर्गिया शाखा प्रमुख बिन्दु बस्यालले बीमा महत्ब ,आवश्यकता तथा इतिहास बारे बताएका थिए । बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, BBS संयोजक बुद्धिराम चौधरी , UD का नमराज भुसाल , तिर्सना पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालक मणिग्राम शाखा प्रमुख मनोज खड्काको रहेको थियो । यस्तै जागरण कार्यक्रममा २११ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यस्तै, कम्पनीको पाँचौ वार्षिक उत्सव आउँदो भदौ १ गते मनाउँदैछ । उत्सवको अवसरमा कम्पनीले देशैभर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।