सैनामैना दलित उत्थान समितिको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

सैनामैना दलित उत्थान समितिको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

८ माघ २०७८

सैनामैना —‘समानता, सद्भाव र न्यायका लागि दलित एकता हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको सैनामैना दलित उत्थान समिति, सैनामैनाको प्रथम साधारण सभा तथा अधिबेशन सैनामैनाको सचिन्तन भवनमा सम्पन्न भएको छ ।
उद्धघाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले “दलित समुदायको शसक्तिकरणका लागि पार्टि भन्दा माथी उठेर काम गर्नु पर्ने बताउनु भयो । सदियौं बर्ष देखि उत्पीडनमा परेको दलित समुदायलाई हरेक राजनितीक दलले उपभोग मात्र गर्ने तर अधिकार र नेतृत्व दिने सवालमा सधै आनाकानी गर्ने गरेको भन्दै त्यसका विरुद्ध दलितका पक्षमा वकालत गर्ने संस्थाहरुले खबरदारी गर्नुपर्ने बताए । ”
लुम्बिनी प्रदेश सभा सदस्य कमला बिश्वकर्माले “दलित समुदाय भित्र पनि दलित महिलाहरु विभेदको सिकार बन्नु परेको जिकिर गर्दै आगामि दिनमा दलितको क्षेत्रमा काम गर्ने संस्थाहरुले किशोरी र महिलाहरुको समग्र बिकासका लागि आवाज उठाउदै सरकारका निकायहरु संग हातेमालो गर्नुपर्ने कुरामा जोड दिनु दिईन । ”
कार्यक्रमा सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्किले “सैनामैनामा दलित अधिकारका लागि नगरले सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको र जातिय बिभेदका निम्ती आफु कठोर भएर उभिने बताएका थिए । ”
नेकपा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष मान बहादुर महत्त(नारायण) ले “शब्दमा नया संस्कृतिको कुरा गर्ने तर कर्ममा पुरातन संस्कृतिलाई अंगालिरहने प्रवृत्तिको बिरुद्धमा नलागेसम्म दलित मुक्ती नहुने भन्दै नेपाली जनयुद्ध समग्र नेपालि इतिहासकै एक महान युगान्तकारी परिघटना भएको र समाजको सम्पूर्ण क्षेत्रलाई पूरै प्रभाव पारेको वताउदै, दलित मुक्तीको लागि माओवादी केन्द्र कोषेढुङगा भएको बताए । ”
कार्यक्रममा नेपालि कांग्रेस लुम्विनि प्रदेश सदस्य रवि विश्वकर्मा, कांग्रेस सैनामैना सभापति रण बहादुर खनाल, नेकपा(एमाले) सैनामैना सचिब बुद्धिराम चौधरी लगाएत र्सनामैनामा सक्रिय रहेका विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले आ–आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा सस्थाले गरेको बार्षिक प्रतिवेदन सस्थाका महा–सचिव सन्तोष परियार र आर्थिक प्रतिवेदन सस्थाका कोषाध्यक्ष माया रसाईलीले प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष सुरज बरालको अध्यक्षता ,उपाध्यक्ष कुमार नेपालीको स्वागत मन्तव्य तथा अम्बिका परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

विज्ञापन

सैनामैना दलित उत्थान समिति अध्यक्षमा अम्विका परियार

सैनामैना दलित उत्थान समितिको प्रथम साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्वका लागि अम्विका परियार सर्वसहमतले अध्यक्षमा चयन भएकी छन् ।
अधिवेशनबाट अम्विकाको अध्यक्षतामा २९ जनाको समिति गठन गरेको उत्थानले जनाएको छ । समितिमा दुईजना उपध्यक्ष रहेका छन् । त्यस्तै समावेशी उपाध्यक्ष अस्मिता सुनार र खुलाबाट जयलाल विक, महासचिवमा केशवराज विश्वकर्मा र सचिवमा समुन्द्र नेपाली र कोषध्यक्षमा माया रसाईली चयन भएका छन् ।
त्यस्तै सैनामैना दलित उत्थान समितिको नगर सदस्यमा नगर सदस्यमा गंगा विक, रमा परियार, कृष्ण परियार, सुर्य परिवार, कमला सुनार, कुल वहादुर विक, भरत विक, लक्ष्मि विश्वकर्मा, चन्दा सुनार, विजय गजमेल, सिता गौतम, मनिषा विश्वकर्मा, रिजन गहतराज, बाल कृष्ण परियार, नारायण परियार, राम वहादुर विक, गिता दर्जि, आशा सुनार, रुपा सुनार, राम बहादुर, देवि विक, विरबहादुर विश्वकर्मा, जुना सुनार, लक्ष्मि वस्याल रहेकाछन