राष्ट्रिय दलित पत्रकार संघ नेपाल  चितवन शाखाले पत्रकारलाइ  बितरण गर्यो प्रेस जकेट

राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाले पत्रकारलाइ बितरण गर्यो प्रेस जकेट

चितवन, २ असोज ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाले दलित पत्रकारलाइ प्रेस जकेट बितरण गरेको छ।

विज्ञापन

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले संघमा आवद्ध २० जना क्रियाशील दलित पत्रकारहरूलाई चितवन शाखाको लोगो अंकित प्रेस ज्याकेट वितरण गरेको हो।

संघको चितवन शाखा अध्यक्ष अमिर रामदामको अध्यक्षतामा, संघको बागमती प्रदेश सहसचिव सरोज उपरोकोटीको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सदस्य अशोक परियारको उपस्थितिमा प्रेस ज्याकेट वितरण गरिएको हो ।

आज शनिबार होटल हेप्पी होम नारायणगढमा एक कार्यक्रमको आयोजना गरी क्रियाशिल पत्रकारलाइ प्रेस ज्याकेट वितरण गरिएको हो ।

ज्याकेट संघका सम्पूर्ण कार्यसमिति, सल्लाहकार, बागमती प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिलाई वितरण गरिएको हो ।

युवा व्यवसायी गौतम सुनचाँदी पसल पूर्वी चितवन टाँडीका संचालक दीपक गौतमको आर्थिक सहयोगमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत दलित पत्रकारहरूलाई उक्त प्रेस ज्याकेट वितरण गरिएको बताइएको छ।

कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले जारी गरिरहेको निषेधाज्ञामा पत्रकारहरुलाई समाचार संकलनमा बाहिर हिड्डुल गर्न सहज् होस् भन्ने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको शाखा अध्यक्ष अमिर रामदामले बताए ।