अखिल (क्रान्तिकारी )रुपन्देही जिल्लाको बिस्तारित बैठक सम्पन्न भदौ २८ मा जिल्ला सम्मेलन गर्ने
- ई प्रतिबिम्ब
- २०७८ भाद्र १२
- 606 views
१२ भदौं
अम्बिका परियार
अखिल ( क्रान्तिकारी ) रुपन्देही जिल्ला समितिको सनिवार बिस्तारित बैठक सम्पन्न भएको छ ।
लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको सभा हलमा भएको कार्यक्रमको अध्यक्षता जिल्ला सम्योजक बिस्णु खत्रीले गर्नु भएको थियो भने बैठक क्रान्तिकारी केन्द्रिय उप महासचिव तुकमान महराको प्रमुख आतिथ्यता, संगठनका केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेस कमिटी सम्योजक नारायण खनाल र ने क पा ९माओवादी केन्द्र ० रुपन्देहिका जिल्ला समन्वय समिति सदस्य चेतन भण्डारीको विशेष आतिथ्यमा रहेको थियो।
बैठकमा बोल्ने क्रममा प्रमुख अतिथी महराले बिगतमा पनि बिध्यार्थी आन्दोलनको नेतृत्व क्रान्तिकारीले नै गरेको र अब पनि शैक्षिक माफिया र निजिकरण बिरुद्ध आन्दोलन गर्ने जिम्मेवारी अखिल क्रान्तिकारी कै काधमा आएको बताउनु भएको छ । सङै विशेष अतिथि खनालले अखिलं (क्रान्तिकारी )गरिब , निमुखा, र अध्ययनसिल बिध्यार्थीको रोजाई भएको र बिध्यार्थी आन्दोलन भित्र छिरेको अराजकता र गुन्डागर्दी बिरुद्ध एक हुन आग्रह गर्नुभएको छ , बोल्ने क्रममा खनालले हाम्रो संगठन सधै सरकारको प्रतिपक्षी रहने र सरकारलाई खबरदारी गर्ने समेत बताउनु भएको छ ।
बैठकले जिल्लाका सबै स्थानिय तह , सम्पुर्ण क्याम्पसहरुमा भेला सम्मेलन गर्दै भदौ २८ गते जिल्ला सम्मेलन गर्ने गरि विभिन्न उपसमिति निर्माण गर्दै कार्य बिभाजन समेत गरेको छ । बिस्तारित बैठकमा संगठनका लुम्बिनी प्रदेश कमिटी सह सम्योजक अनुप पोख्रेल , बिक्रम राना, जिल्ला ईन्चार्ज रुपेस पौडेल केन्द्रिय सदस्य माधब पाण्डे लगाएतको उपस्थिती रहेको थियो भने बैठकमा केन्द्रीय समिती र प्रदेस समितिको परिपत्र जिल्ला सदस्य टिकाराम आचार्यले बाचन गर्नुभएको थियो भने बैठकमा स्वागत मन्तब्य जिल्ला कार्यालय सदस्य कपिल चापागाईं र संचालन जिल्ला कार्यालय सदस्य सपन पौडेलले गर्नुभएको थियो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्