कोभिड १९ कारण यौन तथा प्रजनन स्वास्थ्यमा समस्या बढ्दै

कोभिड १९ कारण यौन तथा प्रजनन स्वास्थ्यमा समस्या बढ्दै

अम्बिका परियार सैनामैना, २९ श्रावण २०७८

कोभिड १९ कारण यौन तथा प्रजनन स्वास्थ्यमा समस्या बढ्दै गएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।मोनो सपोटिङ म्यापल ग्रुप र सञ्चारिका समूह रूपन्देहीको आयोजनामा शुक्रवार बुटवलमा आयोजित कोभिड १९ ले यौन तथा प्रजनन स्वास्थ्यमा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।

विज्ञापन

कार्यक्रमका सहभागीहरुले कोभिड १९ कारण प्रजनन स्वास्थ्यमा विभिन्न अप्ठ्यारो र असहज परिस्थिति सृजना गरेको बताएका छन् । यौनिकताको सवालमा समाजले नै यस विषयलाई नियन्त्रणमा राखेको बताएका छन् । यौनिकताका विषयलाई पारिवारिक मर्यादाको घेराभित्र राखिदिँदा समस्या सृजना भएको सहभागीले उल्लेख गरेका छन् ।

स्वास्थ्य कार्यालय रूपन्देही प्रमुख राजेन्द्र गिरीले सोचमा परिवर्तन गर्नु जरूरी भएको भन्दै उहाँले मातृत्व गौरवको रूपमा रहेको तर धेरै पीडादायी भएको बताउदै कोभिड खोपमा विभेद नगरिएको र प्राथमिकताका आधारमा लगाएइको जानकारी दिनुभयो ।

आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र बस्यालले प्रजनन तथा यौनिक समस्याालाई दबाएर होइन यसलाई खुल्लारूपमा राख्नु पर्ने विषय भएकोे बताउनु भयो ।प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सदिच्छा चापागाईंले खोपको कारण मात्र नभएर हर्मोनको कारणले महिलामा विभिन्न समस्या आउने गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा साहसी कदम नेपाल अध्यक्ष तथा यौनिक अल्पसंख्यक आनिक रानाले आफूहरू स्वास्थकर्मीबाट उपचारको क्रममा बढी हिंसाको पात्र हुनु परेको गुनासो गर्दै आगामी दिनमा राम्रो स्वास्थ सेवा पाउनुपर्ने धारणा राख्नुभयो ।यौनिक तथा अल्पसंख्यकको सवालमा खोपको व्यवस्था नभएको समेत गुनासो गर्नु भयो । यौनिक तथा अल्पसंख्यक समुदायले हेर्न नजर फरक रहेको बताउदै अब राज्यका हरेक निकायले आफूहरूलाई हेर्ने दृश्टिकोण सम्मानजनक हुनुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा स्वास्थ्य निर्देशनालय प्रमुख विनोद गिरी , स्वास्थ विभागका बसन्त श्रेष्ठ , इन्दिरा अर्याल , विभिन्न संघ संस्थाका प्रतिनिधि , अधिकारकर्मीलगायतको उपस्थिति रहेको थियो भने अधिकारकर्मी तथा अधिवक्ता इन्दिरा आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सञ्चारिका समूह रूपन्देहीका अध्यक्ष निरू गौतमको अध्यक्षता , मोनो सपोटिङ म्यापल ग्रुप संयोजक रेशम न्यौपानेको स्वागत मन्तव्य तथा सञ्चारिका समूह रूपन्देहीका सचिब अस्मिना पाण्डेले गर्नुभएको थियो ।