ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
अन्धविश्वासको -धार्मिक कडि

अन्धविश्वासको -धार्मिक कडि

म सबै धर्ममा गौरव गर्छु । गर्व गर्छु को अर्थ कहिलेकाँही ती चिज भन्ने साहस पनि गर्नु हो, जहाँनेर यसलाई परिवर्तन गर्न जरुरी छ । राजनीतिक परिवर्तनपछि हाम्रो प्रतिक्रियामा त्यस्ता धेरै कुराहरु आए, जुन हाम्रो समुदायका लागि निकै घातक छन् । हामी कहाँ अवैज्ञानिक सोच राख्ने हिन्दुहरुको संख्या अधिक छ,। जातीय विभेदका अभिलेखले सबै रेकर्ड तोड्दैछ । अन्तरजातीय सम्बन्धले मृत्यु अभिलेख हेर्ने हो भने विश्व रेकर्ड तोड्दैछ । जबकी कयौं देशहरुले हामीलाई पछाडि धकेल्न थालीसके आर्थिक विकासतिर अगाडि बढ्दै छन् ! यहाँ मैले लेखेका कुरा कसैले तोडमरोड गरेर गलत अर्थ नलगाओस् । शुरुमै म केही स्पष्ट गर्न चाहन्छु ।

 १ सबै हिन्दु अवैज्ञानिक र रुढीवादी हुन्छन् भन्ने पनि होइन ।

विज्ञापन

 २ अरु बाँकी धर्मका मान्छे अवैज्ञानिक सोच राख्दैनन् भन्ने पनि हैन ।

 ३ हिन्दु धर्म अरु धर्मभन्दा अवैज्ञानिक छ भन्ने पनि होइन, ।

 मेरो भनाई  यी कुनै पनि हैन । अवैज्ञानिक सोच इसाई र मुस्लिम धर्ममा पनि हुन्छ । सबै धर्ममा केही न केही अवैज्ञानिक विश्वास हुन्छन् । कुरा कति मात्र हो भने नेपालमा हिन्दु धर्म प्रभावशाली छ ।

 हाम्रो देशको भाग्य सिधै हिन्दु जनतासँग जोडिन्छ त्यसैले अरु धार्मिक समुदायबारे केही भन्नुभन्दा मलाई लाग्यो पहिले आफ्नै धर्म सम्प्रदायबारे केही चिन्तन गर्नु राम्रो हुन्छ । विश्व प्रसिद्ध नोबल पुरस्कार विजेतादेखि लाखौं सर्वसाधारण हिन्दु समुदायका मान्छेहरु वैज्ञानिक मानसिकताका छन ।

दुर्भाग्य के स्वीकार गर्नु पर्दछ भने अवैज्ञानिक र रुढीवादी हिन्दुको संख्या पनि सानो छैन । यस्ता अवैज्ञानिक हिन्दुहरु देशमा बढी छन् । यो विज्ञान विरोधी र छद्म वैज्ञानिक रवैयाको हामीले धेरै ठूलो मूल्य चुकाउनु परेको छ ! ऐतिहासिक तबरले हामी माथि कहिँ न कहिँ आक्रमण भएकै छ ! हाम्रो शैक्षिक अधिकार लुट्ने मौका पाए । हामीमाथि राज गरे ! किनकी, उनीहरुसँग धार्मिक प्रविधि शिक्षा थियो, र हामीलाई उछिन्न सक्ने ताकत राखे !

 वैज्ञानिक मानसिकता भनेको के हो ? यो प्रश्न उठाउँने वित्तिकै जवाफमा केहीले तुरुन्तै हिन्दु धर्मग्रन्थहरुको महानताको चर्चा गर्न थाल्नेछन्,। जसमा विज्ञान निहित छ,। कसैले भन्ने छन् कि- नेपालमा यतिधेरै विज्ञान थियो कि ज्ञान नै हामीले प्रतिपादन गरेको हो । हाम्रा मिथकमा अनेक उड्ने मेसिनदेखि आधुनिक हतियार सम्मको जिकिर पनि गरिन्छ । त्यसैले हामी वैज्ञानिक सोचवाला हौं ।

दुर्भाग्यको कुरा के छ भने इतिहास वा मिथकको महिमामण्डन वा अतिशयोक्तिकरण गरेर हामी वैज्ञानिक सोचवाला हुन सक्दैनौं । वास्तवमा यसको उल्टो र नकारात्मक असर हुन्छ । सर्वप्रथम वैज्ञानिक सोचले यो स्वीकार गर्दछ कि हामी जे जान्दछौं, थोरै जान्दछौं, धेरै कुरा जाँन्दैनौं । संसारमा अझै धेरै कुरा खोज हुन बाँकी नै छ । नयाँ खोजहरुले हामीलाई हाम्रा पुराना विश्वास बदल्न मद्दत गर्दछन् ।

उदाहरणको लागि जब भाइरस आयो, यस् भाइरसलाई चिनेकै थिएन । जब अवलोकन, मापन, परीक्षण र खोज भयो यसलाई राम्ररी बुझ्ने भयौं,। अनि विकसित देशहरुले खोप बनाउन थाल्यो ! यसको अर्थ हो समयसँगसँगै जब केही नयाँ कुरा चाल पाइन्छ, त्यसले झन धेरै समाधान र उपायहरु थप्दै जान्छ, । वैज्ञानिक मन भएका मान्छेले सधै नयाँ उत्तरको खोजी गर्दछन् । यसको ठीकविपरित अवैज्ञानिक मनले यो मान्छ कि हामीलाई जुन ज्ञानको आवश्यकता छ, त्यो हाम्रो महान अतित र हाम्रा पुर्खाले खोजिसकेका छन् ।

यदि हामी केवल आफ्ना शास्त्रहरुमा आधारित भएर हिड्न चाहन्छौं भने गौरवशाली इतिहासमै मख्ख परेर बस्छौं भने, पूर्वजहरुको विश्वासमा कुनै प्रश्न उठाउँदैनौ भने, इतिहास र मिथकलाई आस्था बनाएर राख्छौं भने हामीलाई महान प्रगति प्राप्त होला भन्न सकिन्न । हाम्रो खानपान, अर्थव्यवस्था, शिक्षा, औषधि विज्ञान, जीवन जिउने तरिका वा शासन शैली आदि बिषयमा कयौं अवैज्ञानिक हिन्दुहरुको यस्तो सोच हुन्छ कि हाम्रो अतितमै यी सबै कुराको जवाफ छ ।

हामीले एकक्षणलाई यो निराधार दाबीलाई मान्ने नै हो भने पनि फेरि पनि सवाल बाँकी नै रहन्छ, त्यसो भए के भयो ? कहाँ भट्कियौं हामी ? किन संसारको गतिबाट हामी पछि पर्‍यौं ? वैज्ञानिक सोचको अर्थ हो, पुराना प्रश्नहरुको नयाँ उत्तर खोज्नु र समयको साथसाथ समाज र आफुलाई बदल्दै जानु नकी विगतको विज्ञानसंग टाँसिइरहनु । बिडम्बना नै भन्नु पर्दछ कि हाम्रो स्कुलमा बच्चाहरु लाई विज्ञान पढाइन्छ , तर वैज्ञानिक सोचलाई जीवन व्यवहारमा लागू गर्न चाहँदैनौं, । म धर्म धर्मग्रन्थहरुको सम्मान गर्दछु ।

 तर, मलाई यो पनि थाहा छ कि कुनै धर्मगुरु वा धार्मिक आस्थाले हैन, वैज्ञानिक प्रयोगशालाले बनाएको औषधीले मात्रै मलाई बचाउन सक्दछ । मानव जातिलाई बचाउन सकिन्छ । मेरो भनाई यो पनि हैन कि यही कारणले विज्ञान धर्मभन्दा माथि हुन्छ । तर, हामीले यो बुझ्नै पर्दछ कि आस्था र विज्ञानको भिन्नाभिन्नै स्थान छ

 आस्था, छद्म विज्ञान, इतिहास, मिथक, धर्म र संस्कृतिले सबैभन्दा माथि हुन्छन् भनेर सोच्नु बिल्कुल अवैज्ञानिक सोच हो । यि कुनै चिजले आजका समस्या हल गर्न सक्दैनन । जसले एक काल्पनिक अतितको विजय मज्जा दिन त सक्दछ, तर, त्यो आनन्द क्षणभर मै निष्क्रिय हुन्छ ।

प्रगति तिनै मानिसलाई प्राप्त हुन्छ जो अतितभन्दा भविष्यको जितमा विश्वास गर्दछन् ! हामी आफ्नो समुदाय- जात धर्मलाई माया गरौं । असल परम्परालाई सम्मान गरौं । तर वैज्ञानिक सोच राख्न नचुकौं । नयाँ खोजप्रति जिज्ञासा राखौं । परिणामलाई बदल्न सक्ने कारणहरुलाई चिनौं र धार्मिक अन्धविश्वास को कडीलाई बदलौं ।

लेखक कमल परियार दलित अधिकारकर्मी हुनुहुन्छ। प्रकाशित मिती २०७८ भदाै ५ गते शनिवार