बाह्रौ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा छत्रेश्वरी प्रथम

बाह्रौ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा छत्रेश्वरी प्रथम

असार १३ सल्यान

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नं १ दमाचाैरमा सञ्चालन भएकाे बाह्रौ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा छत्रेश्वरी गाउँपालिका प्रथम भएकाे छ।

विज्ञापन

गत असार १० गते देखि १२ गते सम्म सञचालन भएकाे १२औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १७ स्वर्ण ११ रजत र ८ कास्य सहित छत्रेस्वरी गाउँ पालिका प्रथम भएकाे हाे।

त्यसै गरी ५ स्वर्ण ८ रजत र ७ कास्य सहित कुमाख गाउपालिका दोश्रो , ४ स्वर्ण , ११ रजत र ११ कास्य सहित दार्मा गाउपालिका तेस्रो भएका छन।

उक्त प्रतियोगितामा सहभागी जनाउने पालिकाहरु , खेलाडी भाइबहिनिहरु , निर्णायक ज्यु हरु , विभिन्न मिडियाका मिडियाकर्मिहरु ,सुरक्षाकर्मिहरु ,स्वयंसेवकहरु र खेलप्रेमी जनसमुदायहरुका साथै सहयोग गर्ने भानुभक्त माबी दमाचौरलाई अध्यक्ष खडक आचार्यले धन्यबाद दिएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता