रुमुममा योजना सम्झौता गरेको ६ बर्ष बितिसक्दा  खानेपानी आयोजना निर्माणमा ढिलाइ

रुमुममा योजना सम्झौता गरेको ६ बर्ष बितिसक्दा खानेपानी आयोजना निर्माणमा ढिलाइ

माघ ११ रुकुम

रुमुममा योजना सम्झौता गरेको ६ बर्ष बितिसक्दा पनि  सौर्य उर्जा खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ।

विज्ञापन

साबिकको जिल्ला बिकास समितिबाट सम्झौता गरेर निर्माणको काम सुरूवात गरेको ६ वर्ष बितिसक्दा  पनि योजना निर्माणमा ढिलाइ हुदा स्थानियले खानेपानीको अभाव झेलेका छन।  

चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा खानेपानी पुर्‍याउने उद्देश्यले निर्माण थालिएको पाखापानी लुगाधुने खोला ग्रामीण सौर्य उर्जा खानेपानी आयोजना सम्झौताको ६ बर्ष वितिसक्दा पनि  निर्माण ढिलाइ हुदा दुइ स्थानिय तहका ६ सय स्थानिय मर्कामा परेका हुन।

नगरपालिकाले एक घर एक खानेपानी धारा निर्माण कार्य लाइ पुर्णता दिए पनि उक्त योजना निर्माणमा ढिलाइ हुदा  एक घर एक खानेपानी धारा त ‘तीन दिनमा एक पटक मात्र खानेपानी आउँदा ठूला भाँडा हुनेहरूले केहि दिनलाई पुग्ने गरेर सञ्चित गरेर राख्छन् तर, हामीहरूले भने एक दिनलाई पुग्ने मात्र पानी भरेर राख्नुपर्ने अवस्था भएको बताउछन स्थानिय धनविर खड्का।  

खानेपानीको पाइप बीच बीचमा चुहिने गरेको र पानी बिस्तारका लागि पनि पर्याप्त पाइप नबिच्छ्याउँदा पानीको समस्या भइरहेको उनले बताए ।

एक घर एक धाराको अवधारणा अन्तर्गत ०७२ सालदेखि चौरजहारी नगरपालिका–१४ नम्बर वडा र सानीभेरी गाउँपालिकाको १० नम्बर वडामा पानी पुर्‍याउने उद्देश्यले यो आयोजनाको निर्माण कार्य सुरू गरिएको थियो।

चौरजहारी नगरपालिका–१४ का वडाध्यक्ष अतिराम बिष्टले दुइओटा पालिकाको साझेदारीमा काम सुरू भएकोले बराबर रकम हालेर काम पुरा गुर्नपर्ने भएको हुँदा खानेपानी आयोजना निर्माण हुन ढिला भएको जानकारी दिए।

खानेपानी समितिका अध्यक्ष धनसिंह खड्का बसाइसराई गरेर दाङ्ग गएको र नयाँ समिति पनि सक्रिय हुन नसकेकोले खानेपानी योजना पूरा गर्नतर्फ कसैको चासो नभएको अध्यक्ष विष्टको भनाई छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता