ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेश अध्यक्षमा गिरी

नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेश अध्यक्षमा गिरी

चैत ११,सल्यान
नेपाल राष्ट्रिय कर्मचारी संगठन  (निजामती) कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी निर्वाचित हुनु भएको छ ।

कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश स्तरीय दोस्रो अधिवेशनले गिरीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

विज्ञापन

शनिवार सम्पन्न संगठनको दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ३ पछि थप्ने गरी ३३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा जमान सिहं परियार, मुकुन्द शर्मा, ललिता बोगटी, लोक बहादुर विष्ट, शिवराम के.सी, सचिव रमेश खड्का, सह सचिव गोपाल बुढा, हंस महतरा र कोषाध्यक्ष पुनम वि.क रहनु भएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता