हुम्ला प्रदेश सभा १ (क) बाट माओबादी केन्द्रका नेता रनसिँह परियार विजयी

हुम्ला प्रदेश सभा १ (क) बाट माओबादी केन्द्रका नेता रनसिँह परियार विजयी

मंसिर ९ हुम्ला /अर्नुज  बोहरा

हुम्ला प्रदेश सभा निर्वाचन क्षेत्र १ क बाट माओबादी केन्द्रका नेता रनसिँह परियार विजयी भएका छन।

विज्ञापन

नेता परियारले ६ हजार ४ सय ८१ प्राप्त गरी विजयी भएका हुन।

उनका निकटतम प्रतिद्धन्दी  स्वतन्त्र उम्मेदवार  मंगल बहादुर शाहीलाइ १ हजार ८सय ५१ मतले पछि पार्दै  परियार विजयी भएका हुन।

परियारले ६ हजार ४ सय ८१ मत प्राप्त गर्दा  शाहीले ४ हजार ६ सय ३० मत प्राप्त गरेका थिए।

कर्णाली प्रदेश सभामा प्रतिनिधित्वका लागि निर्वाचनमा हाेमिएका माओबादी केन्द्रका नेता रनसिँह परियारकाे संसदीय यात्रा तय गर्ने हुम्ली जनताले कर्णाली प्रदेश बाट पहिलाे  निर्वाचित दलित प्रदेश सभा सदस्य निर्वाचित गरेका हुन।

प्रतिस्पर्धी भन्दा राजनैतिक तथा बैचारिक हिसावले पाका पुराना नेता मध्ये परियार कर्णाली प्रदेशकाे  कम्युनिष्ट नेताहरुमा एक हुन।

जनयुद्धमा कुशल कमान्डरकाे रुपमा भुमिका निभाएका नेता माओबादी केन्द्रका केन्द्रिय सदस्य हुन।

आसन्न मंसिर ४ गतेक सम्पन्न निर्वाचनमा  कर्णाली  प्रदेशबाट  दलित  समुदायकाे  प्रतिनिधित्व काँग्रेस एमाले र अन्य राजनैतिक दल बाट हुन सकेकाे छैन।

समानुपातिक तथा समाबेशीकाे  मुद्धा उठाउने तथा त्यासलाइ कार्यान्वयन गर्ने माओबादी पार्टी एक पात्र भएपनि कर्णाली प्रदेशमा स्थापित गरेकाे छ।

नेता परियारलाइ  कर्णालीका २६ प्रतिशत दलित समुदायकाे भावना सम्बाेधन गर्न  हुम्ली जनताले  झण्डै २ हजार फराकिलाे जनमत दिदै  कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित गरेका छन।

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता