रुकुम पश्चिममा माओबादी केन्द्रका उप महासचिव नेता जनार्दन शर्माकाे अग्रता

रुकुम पश्चिममा माओबादी केन्द्रका उप महासचिव नेता जनार्दन शर्माकाे अग्रता

मंसिर  ८रुकुम पश्चिम

रुकुम पश्चिममा नेता जनार्दन शर्माले अग्रता लिएका छन।

विज्ञापन

नेता जनार्दन सगै माओबादी केन्द्रका उमेदवारहरु  प्रदेश सभा क बाट  महेन्द्र केसी र प्रदेश सभा ख बाट राजकुमार शर्माले अग्रता कायम गरेका छन।

माओबादी केन्द्रकाे आधार क्षेत्रकाे रुपमा चिनिएकाे रुकुम पश्चिममा  गठबन्धनबाट एक प्रतिनिधी सभा र २ प्रदेश सभा माओबादी केन्द्रलाइ नै भाग परेकाे थियाे।

२०६४ साल देखी हाल सम्म माओबादी केन्द्रकाे नै विजयी भएकाे रुकुम पश्चिम यस पटक पनि जित शुनिश्चित गरेकाे छ।

पछिल्लाे मत परिणाम लाइ हेर्दा नेता जनार्दन शर्मा  प्रभाकरले २९ हजार ८ सय ५० मतगणना  हुदा १९ हजार ६ सय ९३  प्राप्त गर्दै अग्रता कायम गरेका छन

उनका  प्रतिद्धन्दी  नेकपा एमालेका नन्दराम देवकोटाले ४ हजार ९ सय ७ मत प्राप्त गर्दै दाेस्रो स्थानमा रहेका छन।
त्यसैगरी प्रदेश सभा (क) तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका महेन्द्र केसीले ८ हजार ६ सय ३८ मत ल्याउँदा नेकपा एमालेका नारायणकुमार शाहले ३ हजार १ सय ६८ मत सहित पछ्याईरहेका छन् भने राप्रपाका बिनोद कुमार शाहले ४ सय ८१ ल्याएका छन् ।

प्रदेश सभा (ख) मा पनि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका राजकुमार शर्माले १० हजार ८ सय ४, एमालेका कर्ण बहादुर घर्ती मगरले ४ हजार ९ सय ७ मत प्राप्त गरेका छन् ।

रुकुम पश्चिममा एक लाख चार हजार २ सय ८० मतदाता रहेकोमा ६० हजार ५ सय २७ मत खसेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता