सल्यानमा गठबन्धनका उम्मेदवार हरु विजयी : औपचारिक घोषणा गर्न बाँकी

सल्यानमा गठबन्धनका उम्मेदवार हरु विजयी : औपचारिक घोषणा गर्न बाँकी

 मंसिर ७ सल्यान 

सल्यानबाट गठबन्धनका उमेदवारहरू विजयी  निश्चत भएकाे छ।

विज्ञापन

गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभामा तथा  माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रदेश सभा क का उमेदवार नेता भिम प्रकास शर्मा नेपाली काँग्रेसका क्षेत्रिय सभापति तथा प्रदेश सभा ख का उमेदवार शुरेस अधिकारी निर्वाचित हुन निश्चत भएकाे हाे।

जिल्लामा १४ हजार मत गणना गर्न बाँकी छ तर ज्वाला १२ हजार मतान्तरले अगाडि  छन। यसरी हेर्दा ज्वालाको जित पक्का भएको हो । यस्तै अब गणना हुन बाँकी बनगाड कुपिन्डे
नगरपालिका वाँकी रहेकाे छ।

ज्वालाको गृह नगर भएकाले त्यस क्षेत्रबाट पनि ज्वालाले भारी मत प्राप्त गर्ने निश्चित छ ।ज्वालाले २९ हजार ३ सय २४ मत प्राप्त गर्दा  राजेन्द्र बहादुर शाहले १६ हजार ६ सय ७३ मत प्राप्त गरेका छन । तस्राे स्थानमा रहेका राजेन्द्र वीर रायले ९ हजार ९ सय १० मत प्राप्त गरेका छन।

यसै गरी प्रदेश सभा क मा नेता शर्मा जितकाे निश्चत भएकाे छ। शर्माले प्रतिद्धन्दी एमालेका कुल बहादुर गीरीलाइ फराकिलाे मतले पछाडि पारेका छन। शर्माले १८ हजार ८ सय ७० मत प्राप्त गर्दा  गीरी ले १२ हजार १ सय ३३ मत प्राप्त गरेका छन।

त्यस्तै प्रदेश सभा ख मा अधिकारीले  एमालेका केन्द्रिय सदस्य  गुलाव जंग शाहलाइ ३ हजार मतकाे फराकिलाे अन्तरले विजयी शुनिश्चत गरेका छन।

शर्माले १६ हजार ९ सय ७५ मत प्राप्त गर्दा गीरीले १३ हजार ९ सय ३४ मत प्राप्त गरेका छन।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता