जाजरकाेटमा  दुइ वटै प्रदेश सभामा गठबन्धका उम्मेदवार विजयी

जाजरकाेटमा दुइ वटै प्रदेश सभामा गठबन्धका उम्मेदवार विजयी

 मंसिर ७ जाजरकोट

जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

विज्ञापन

प्रदेश सभा क मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका  वेदराज सिंहले १८ हजार ५४३ मत ल्याएर विजयी  भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत प्राप्त  गरेका छन ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार कमानबहादुर खड्काले चार  हजार ४ सय ४६  मत प्राप्त गरेका छन ।

त्यस्तै प्रदेश ख मा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका राजीवविक्रम शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी  भएका छन।

उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त  गरका छन ।

विजयी दुवै उम्मेदवार २०७४ सालको निर्वाचनमा पराजय  भएका थिए।

विजयी राजीवविक्रम शाह जाजरकोटको प्रतिनिधि सभामा पराजय  भएका थिए  भने वेदराज सिंहले  अहिले निर्वाचित प्रदेश  सभामा  नै हार पाराजय भएका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता