प्रतिनिधी सभामा कुन दलले कति सिट जिते
मंसिर ७ काठमाडौ
देशै भरिकाे नतिजालाइ हेर्दा बुधबार बिहानसम्म २२ जनाले प्रत्यक्षमा निर्वाचन जितेका छन्
पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो स्थानमा छ।
समानुपातिलकमा पहिलो दल बनिरहेको एमाले प्रत्यक्षमा भने पछि परेको हो ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ।
कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले पनि खाता खोलेको छ।
नेकपा एकीकृत समाजवादी एक स्थानमा विजयी भएको छ।
माओवादी केन्द्र, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीहरु निकै पछि परेका छन् ।
नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन २.मनाङ– टेकबहादुर गुरुङ ३.काठमाडौं १ – प्रकाशमान सिंह ४.काठमाडौं ३ – सन्तोष चालिसे ५.काठमाडौं ४– गगनकुमार थापा ६.काठमाडौं ५ – प्रदीप पौडेल– ७. रसुवा– मोहन आचार्य– ८.ललितपुर १– उदयसमशेर जबरा
९.तनहुँ २ – शंकर भण्डारी १०.डडेलधुरा– शेरबहादुर देउवा ११.काठमाडौं–१० राजेन्द्र केसी १२.पर्सा–४ रमेश रिजाल १३.सुर्खेत –२ ह्दयराम थानी
नेकपा एमाले
१.उदयपुर २ – अम्बरबहादुर रायमाझी २.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ ३.ललितपुर २– प्रेमबहादुर रायमाझी
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली २.काठमाडौं ८– विराजभक्त श्रेष्ठ ३.काठमाडौं २– सोविता गौतम
नेकपा एकीकृत समाजवादी
१.अछाम १ –शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
१.बाँके २ – धवलसमशेर जबरा
नागरिक उन्मुक्ति पार्टी १.कैलाली १– गंगाराम चौधरी
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा