ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
राज्य ब्यबस्था जोगाउन गठबन्धन आबश्यक छः पुर्व मन्त्री बस्नेत

राज्य ब्यबस्था जोगाउन गठबन्धन आबश्यक छः पुर्व मन्त्री बस्नेत

शारदा नगरपालिका वडा नं १ चैबाङ्गमा बिभिन्न पार्टी परित्याग गरी १६ जनाले माओबादी केन्द्रमा प्रबेश गरेका छन। नव पार्टी प्रबेसीलाइ नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य पुर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले स्वागत गरेका छन।

सल्यान चैत्र २४

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य पुर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले राज्य ब्यबस्था जोगाउन गठबन्धन गरेको बताएका छन।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र शारदा नगर कमिटीले वडा नं १ को चैवाङ्गमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुर्व मन्त्री बस्नेतले अहिलेको सत्ता गठबन्धन ब्यबस्था जोगाउन गरिएको र यसले ब्यबस्थाका बिरुद्ध लाग्ने प्रतिगमनकारीलाइ मसान घाटमा पुर्याउने जीकिर गरेका छन।

नेता बस्नेतले दुइ तिहाइ मतको अपमान गर्ने र नागरिकका अधिकारलाइ हरण गर्ने कुनै पनि प्रतिगमनकारीहरु हिजो पनि पराजय भए र अहिले पनि पराजय हुने बताए।

स्थानिय नागरिक जुद्ध बहादुर बुढाथोकी सहित चैवाङ्ग र रानागाउका स्थानिययले धार्मिक महत्व भित्र पर्ने छत्रेश्वरी मन्दिर लान्ती गरेले खोला रानागाउँ चैबाङ्ग खैराबाङ्ग खैराबाङ्ग हुदै नाउला जैतपानी खामेलेक हुदै कुमाख जोड्ने धार्मिक तथा पर्यटकिय सडक केही राजनितक दल तथा स्थानिय सरकारबाट अबरोध सृजना गरेकाले यसको समस्या सामाधानमा केही पहल गरिदिने माग गरेका थिए।

कार्यकर्ता भेटघाट कार्यक्रममा नागरिकबाट आएका गुनासा ब्यबक्तीगत नभइ सामाजिक भएकोले यसलाइ तत्काल सरोकारवाला संग सहकार्य गरेर सम्बोधन गर्न पहल गर्ने बताए।

छत्रेश्वरी मन्दिर लान्ती गरेलेखोला रानागाउँ चैबाङ्ग खैराबाङ्ग नाउला जैतपानी खामेलेक कुमाख जोड्ने धार्मीक पर्यटकिय महत्वको सडक योजना माओबादी सरकामा हुदा नै योजना गरेकाले यसको अबरोध छिटै सामाधान गर्ने बस्नेतले बताए।

कार्यकर्ता भेटघाट कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी १६ जनाले माओबादी केन्द्रमा प्रबेश गरेका छन।

पार्टी प्रबेश गर्नेहरुको नामवली तपशिलमा रहेका छन।

लिला बहादुर बुढाथोकी

तोरण डाँगी

पुष्पा बुढाथोकी

सिता खडका प्रेमा रेउले

सालिना बुढाथोकी

शुसिला बस्नेत

प्रकास वली

शान्ती कुमारी खड्का

टुल्का वली

निमा रेउले

पटाउकी बुढाथोकी

गंगा बुढाथोकी

सिता बस्नेत

सिमा रोका

रुकमाया बराल वली

नव पार्टी प्रबेशीलाइ पुर्व मन्त्री बस्नेतले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश सदस्य प्रमोद श्रेष्ठ शारदा नगर कमिटी अध्यक्ष नबिन भडेल राष्टिय भुमी आयोग सल्यानको सदस्य कृष्ण कुमारी बुढाथोकी को उपस्थिती रहेको कार्यक्रर्ता भेटघाट कार्यक्रमको सञ्चालन उपाध्यक्ष पुस्कर बस्नेतले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता